• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चाल्नाखेलमा खुल्यो दक्षिणकाली नगर अस्पताल, स्वास्थ्य मन्त्री बस्नेतले गरे उदघाटन

July 29th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चाल्नाखेलमा खुल्यो दक्षिणकाली नगर अस्पताल, स्वास्थ्य मन्त्री  बस्नेतले गरे उदघाटन

हेल्थ टुडे,
काठमाडौं, १३ साउन : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले दक्षिणकाली नगरपालिका वडा नम्बर १ चाल्नाखेलमा निर्माण भएको दक्षिणकाली नगर अस्पतालको शनिबार एक समारोहबिच उदघाटन गरेका छन् । विसं २०७१ देखि स्वास्थ्य चौकीको रुपमा सञ्चालनमा रहेको स्वास्थ्य संस्थालाई १५ शैयामा स्तरोन्नति गरि नगर अस्पताल बनाइएको छ । अस्पताल उदघाटन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रको जनशक्तिको अभाव रहेको जानकारी गराउदै नवनिर्मित अस्पतालमा छात्रवृतिका डाक्टर पठाएर भए पनि चिकित्सकको अभाव हुन नदिने बताए । उनले यो क्षेत्रमा मिर्गौलाका विरामीको संख्या बढेको पाइएकाले तत्कालै डायलासिसका लागि ३ वटा मेसिन तत्काल स्वास्थ्य मन्त्रालयले पठाइदिने बताए । कार्यक्रममा बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले दक्षिणकाली नगर अस्पतालको सुधारका लागि बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले सधै सहयोग गर्ने बताए ।
चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका उपकुलपति प्रा. डा. भुपेन्द्र बस्नेतले न्याम्सले अस्पतालमा विशेषज्ञ सेवा प्रदान गर्न महिनामा १ पटक वा २ पटक विशेषज्ञ पठाएर भए पनि सेवा दिन आफूले सक्ने सहयोग गर्ने बताए । कार्यक्रममा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले जनताको चाहना अनुसार अस्पतालले आफ्ना सेवा सुधार र विस्तार गर्दै लैजाने बताए । कार्यक्रम नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्याल, नेपाली कांग्रेसका सांसद एवं पूर्व मन्त्री राजेन्द्र केसी,पुर्व मन्त्री दिपक बास्कोटा, ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जन लगायतले अस्पताल स्तरोन्नति भएकोमा खुशी व्यक्त गर्दै यसको प्रदान गर्ने सेवा गुणस्तरीय हुनु पर्नेमा जोड दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article वीर अस्पताल नसुधारी देशको स्वास्थ्य अवस्था सुध्रिदैन : स्वास्थ्य मन्त्री बस्नेत
Next article वीरमा बिहान ८ बजेदेखि ओपिडी सुरु गरेपछि ४० प्रतिसत बिरामी बढे : स्वास्थ्य मन्त्री बस्नेत

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133185
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

35
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web