• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डब्लूएचओको दक्षिण पूर्वी एसिया क्षेत्रको निर्देशकमा नेपालका आचार्यको उम्मेदवारी

August 7th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डब्लूएचओको दक्षिण पूर्वी एसिया क्षेत्रको निर्देशकमा नेपालका आचार्यको उम्मेदवारी

हेल्थ टुडे,
काठमाडौं, २२ साउन : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकमा नेपालको तर्फबाट शम्भुप्रसाद आचार्यले उम्मेदवारी दिएका छन् । नेपाल सरकारको निर्णय अनुसार आचार्यले उक्त पदमा उम्मेदवारी दिएका हुन् । नेपाल सरकारले २०२३, जुन २३ मा डब्लूएचओलाई पत्राचार गर्दै नेपालको तर्फबाट क्षेत्रीय निर्देशकको पदमा आचार्यको उम्मेदवारी दिएको हो ।
डब्लूएचओले सन् २०२३ अप्रिल २१ मा उक्त पदको उम्मेदवारीको लागि दक्षिण(पूर्वी एसिया क्षेत्रका मुलुकहरुलाई पत्राचार गरेको थियो । त्यसको दुई महिनापछि नेपालले आफ्नो उम्मेदवारी प्रस्तुत गरेको हो ।
उक्त क्षेत्रीय निर्देशक पदको लागि आचार्यसँगै बंगलादेशबाट साइमा वाजेद होसनको पनि उम्मेदवारी परेको छ ।
आगामी अक्टोबर ३० देखि नोभेम्बर २ सम्म हुने डब्लूएचओको क्षेत्रीय समिति बैठक हुनेछ । अक्टोबर ३१ मा उक्त पदका लागि निर्वाचन हुनेछ । जसमा ११ सदस्य मुलुकका स्वास्थ्यमन्त्रीहरू सहभागिता रहनेछ ।
आचार्यसँग जनस्वास्थ्यको क्षेत्रमा तीन दशकभन्दा बढी काम गरेको अनुभव छ । उनले नेपाल, एसियाका विभिन्न क्षेत्र र विश्वस्तरमा समेत स्वास्थ्य क्षेत्रमा नीति, रणनीति, बहुपक्षीय सहकार्य र अन्तर्राष्ट्रिय रुपमा सुधारका काम गर्दै आइरहेका छन् । उनले यसअघि डब्लूएचओबाट निर्देशकका रुपमा नेपाललाई सहयोग गर्ने र यूएनको प्रणालीसँग सहकार्य गर्ने काम गरिसकेका छन् ।
क्षेत्रीय निर्देशक अवधि चार वर्षको हुनेछ । यसभन्दा अगाडि डा। महेन्द्रराज पाण्डे र जनस्वास्थ्य विज्ञ डा। रीता थापाले क्षेत्रीय निर्देशकमा उम्मेदवारी दिएका थिए । आचार्यलाई जिताउन डा। जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी पूरै सरकारको संयत्र लागेर काम गर्नुपर्ने बताउँछन् ।
‘डब्लूएचओ को दक्षिण पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकमा नियुक्ति हुँदा नेपालको ठूलो गरिमा बढ्छ । अप्रत्यक्ष रुपमा धेरै फाइदा हुन्छ,’ डा। मरासिनीले भने, ‘हाम्रो उम्मेदवारलाई जसरी भएपनि जित्ताउँछौ भनेर सरकार नै लाग्नुपर्छ ।’
नेपाल विश्वव्यापी बाल स्वास्थ्यमा एक उदाहरणीय देश भएकाले मातृ मृत्युदर र प्रजनन क्षमतालगायतका विषयमा उदाहरणका रूपमा नेतृत्व गर्नेसक्ने जनस्वास्थ्यविद् बताउँछन् ।
डब्लूएचओको दक्षिण(पूर्वी एसिया क्षेत्रको स्थापना सन् १९४८ मा भएको छ । यसले ११ सदस्य मुलुकहरुमा सार्वजनिक स्वास्थ्यको क्षेत्रमा प्राविधिक सहयोग र सहकार्य गर्ने काम गर्छ । यसको सदस्यहरूमा नेपालसहित बंगलादेश, भुटान, म्यान्मार, भारत, श्रीलंका, इन्डोनेसिया, माल्दिभ्स, उत्तर कोरिया, थाइल्यान्ड र टिमोर(लिस्टे छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बाग्मती प्रदेशले पनि घोषणा गर्यो विपन्नका लागि ८०१ शैया नि:शुल्क
Next article स्वास्थ्य मन्त्रीद्वारा दुवाकोटको वीर अस्पतालको भ्रमण, जग्गामा तारबार लगाउन निर्देशन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134427
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

34
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web