• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 7th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपालसहित १८ देशमा फेसबुक र इन्स्टाग्राममा मदिराजन्य पदार्थका विज्ञापनमा रोक

August 29th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपालसहित १८ देशमा फेसबुक र इन्स्टाग्राममा मदिराजन्य पदार्थका विज्ञापनमा रोक

हेल्थ टुडे,
काठमाडौँ, १२ भदौ : नेपालमा अब फेसबुक र इन्स्टाग्राममा मदिराजन्य पदार्थका विज्ञापनहरु देख्न नपाइने भएको छ । फेसबुक र इन्स्टाग्रामको मुख्य सञ्चालक मेटाले आज सूचना जारी गर्दै मदिराजन्य पदार्थका विज्ञापनमा रोक लगाइएको जनाएको हो ।
उसले सूचनामा नेपाल सहित १८ वटा देशमा त्यहाँको कानूनले मदिराजन्य पदार्थको विज्ञापन सामाजिक सञ्जालमा गर्न निषेध गरेको उल्लेख गर्दै त्यसको पालना आफुहरुले गरेको बताएको छ ।
मेटाले दक्षिण पूर्वी एसियाका देशहरुमध्ये नेपालसहित अफगानिस्तान, बंगलादेश, भारतका निश्चित प्रान्तहरु, थाइल्याण्ड र पाकिस्तानमा मदिराजन्य विज्ञापनहरु आफ्नो सोसल मिडिया प्लेटफर्महरुमा रोक लगाएको हो । यस्तै, ब्रुनाई, इजिप्ट, जिम्बाबे, कुवेत, लिबिया, लिथुनिया, नर्वे, रसिया, साउदी अरब, टर्की र युएई र यमनमा पनि मदिराजन्य विज्ञापनमा रोक लगाएको छ ।
त्यसो त गत ११ फागुनमा सर्बोच्च अदालतले नेपालमा मदिराजन्य पदार्थको सार्वजनिक विज्ञापन गर्न नपाउने आदेश दिएको थियो । उक्त आदेशलाई सम्मान गर्दै मेटाले नेपालभित्र संचालित फेसबुक र इस्टाग्रामका एकाउण्टमा मदिराजन्य विज्ञापन गर्न र हेर्न नपाइने व्यवस्था गरेको हो ।
उपभोक्ता हित संरक्षण मञ्चका ज्योति बानियाले फेसबुक र इन्स्ट्राग्रामले गरेको निर्णय प्रति खुशी व्यक्त गरेका छन् । मञ्चले पत्रपत्रिका तथा अनलाइन तथा सामाजिक सञ्जालमा मदिराजन्य पदार्थका विज्ञापन रोक्न माग गर्दै सर्बोच्चमा रिट दायर गरेको थियो ।
उक्त रिटमा सर्बोच्चले आदेश जारी गर्दै नेपालमा पत्रपत्रिका तथा अनलाइन र सामाजिक सञ्जालतमा मदिराजन्य पदार्थको विज्ञापन गर्न नपाइने आदेश जारी गरेको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा उत्कृष्ठ छ : स्वास्थ्य मन्त्री बस्नेत
Next article नेपाल औषधि लिमिटेडको महाप्रवन्धकमा कैलाशकुमार पनेरु नियुक्त

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132173
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web