• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 26th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेमो डायलासिस सेवा

September 1st, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेमो डायलासिस सेवा

हेल्थ टुडे,
जुम्ला, १५ भदौ : मिर्गौला फेल भएका बिरामीहरुका लागि अत्यावश्यक मानिने हेमो डायलासिस सेवा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सुरु भएको छ । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बिहीबार जुम्ला पुगेर डायलाइसिस सेवाको शुभारम्भ गरेका छन् ।

सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई ६ वटा डायलाइसिस मेसिन दिएको छ। तर अहिले दुई मेसिनमात्र प्रयोगमा ल्याइएको छ। बिरामीको चापअनुसार मेसिनहरू जडान गरेर सञ्चालनमा ल्याइने अस्पतालले जनाएको छ।

हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले सिटिस्क्यान, एक्स–रे, डायलाइसिस, हाडजोर्नी, नसारोग, बालरोग, स्त्रीरोग, नाक, कान, घाँटी र छाला रोगसम्बन्धी सेवा दिइरहेको छ।

प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले डायलाइसिस सेवा सुरु भएपछि मिर्गौला रोगीले जुम्लामै सेवा पाउने बताए। उनले यस क्षेत्रका नागरिकलाई अब अन्य ठाउँमा जानुपर्ने बाध्यताको अन्त्य भएको बताए।

डायलाइसिस सेवा संचालनको लागि अहिले जनशक्तिको समस्या नभएको उनले जानकारी दिए ।
जुम्लामा यसपटक मन्त्री बस्नेतसंगै स्वास्थ्य सचिव देवकुमारी गुरागाई, नीति योजना महाशाखा प्रमुख डा कृष्ण पौडेल, विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा राजेश सम्भाजी राव पाण्डव लगायतका टोली समेत पुगेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपाल औषधि लिमिटेडको महाप्रवन्धकमा कैलाशकुमार पनेरु नियुक्त
Next article औषधिको जथाभावी प्रयोग रोक्न औषधिको खोलमा रातो धर्का राख्नै पर्ने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132355
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

12
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web