• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

न्याम्सको चौथो दिक्षान्त समारोह सम्पन्न ५४१ जना दिक्षित

October 6th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे,

काठमाडौं, १८ असोज : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ( न्याम्स) को चौथो दीक्षान्त समारोह सम्पन्न भएको छ। प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ’प्रचण्ड’को अध्यक्षतामा उक्त समारोह सम्पन्न भएको हो।
समारोहमा दिक्षान्त सम्भाषण पमुख अतिथि वरिष्ठ फिजिसियन एवम् मुटु रोग विशेषज्ञ प्रा. डा डम्बर बहादुर कार्कीले दिएका थिए। त्यसैगरी कार्यक्रममा सहकुलपतिका रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले धन्यवाद ज्ञापन गर्दै समारोहको समापन गरेका थिए भने न्याम्सका उपकुलपति प्राडा भुपेन्द्र कुमार बस्नेतले स्वागत मन्तव्य दिदै न्याम्सको बारेमा जनकारी दिएका थिए।२०७७ चैत्र देखि २०८० साउन सम्ममा विभिन्न विषयमा स्नातकोत्तर तथा स्नातक गरेका ५४१ जनाले उपाधि पाएका हुन्।
दिक्षित हुनेहरुमा डिएम कार्डियोलोजीमा ६ जना, डिएम ग्याष्ट्रोइाटेरेलोजीमा ६ जना, डिएम हेपाटोलोजीमा २ जना,डिएम मेडिकल अन्कोलोजीमा २ जना, डिएम नेफ्रोलोजीमा २जना, एमसीएच न्यूरोलोजीमा ५ जना, एमसीएच प्लास्टिक एण्ड रिकन्स्ट्रक्टिभ सर्जरीमा ३ जना, एमसीएच सर्जीकल ग्यास्ट्रोइन्टेरेलोजीमा २ जना, एमसीएच युरोलोजीमा ४ जना रहेका छन्।

त्यसैगरी एमडी एनेस्थेसियोलोजिस्ट ३१ जना, एमडी डर्काटोलोजीमा ६ जना, एमडीजीपी एण्ड ईएममा १२ जना, एमडी ईन्टर्नल मेडिसिनमा ३० जना, एमडी अब्स्ट्रेटिक एण्ड गाईनेकोलोजीमा ३२ जना, एमडी अप्थामोलोजीमा ४१ जना, एमडी प्डियाट्रिक २३ जना दिक्षित भएका छन्।
त्यसैगरी एमडी प्याथोलोजीमा ६ जना, एमडी साईक्याट्रीमा ३ जना, एमडी रेडियसन अन्कोलोजीमा २ जना, एमडी रेडियोडाइग्नोसिस्मा १४ जना, एमएस जनरल सर्जरीमा २५ जना, एमडी अर्थोपेडिक्स एण्ड ट्रमा सर्जरीमा १९ जना, एमएस अर्थोराइनोलर्याङ्गोलोजी एण्ड हेड एण्ड नेक सर्जरीमा ९ जना, एमडिएस कन्स्ट्रक्टीभ डेन्टेस्ट्री एण्ड इन्डोडेन्टिसमा ३ जना, एमडीएस ओरल एण्ड मेक्जिलोफेसियल सर्जरीमा २ जना, एमडिएस पेरियोडेन्टोलोजीमा एण्ड ओरल इम्प्लान्टोलोजीमा २ जना, एमडिएस पेरोस्थोडोन्टिस्मा ४ जना तथा एमडीएस अर्थोडोन्टिसमा १ जना रहेका छन्।
त्यसैगरी नर्सिङ तर्फ एमएन चाइल्ड हेल्थ नर्सिङ १२ जन, एमएन–वुमन हेल्थ डेभलपमेन्ट नर्सिङमा १७ जना, बीएनएस क्रिटिकल केयर नर्सिङमा १३० जना, ब्याच्लर्स इन मिडवाइफ्री साइन्समा ३२ जना रहेका छन्। त्यसैगरी बीएस्सी एमआईटीमा २२जना तता ब्याच्लर्स अफ अप्ट्रोमेट्रि एण्ड भिन साइन्समा ३२ जना रहेका छन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलेले यी कार्यक्रमशरु वीर अस्पताल, कान्ति बाल अस्पताल, सहिद गंगालल अस्पताल, परोपकार प्रसूति ततम स्त्रिरोग अस्पताल, पाटन मानसिक अस्पताल तथा सिभिल अस्पताल सँगको सहकार्यमा संचालन गर्दै आएको छ।
त्यसैगरी नेपाल आँखा अस्पताल, तिलगंगा आँखा अस्पताल, श्री राम अम्बिका आँखा अस्पताल, किर्तिपुर अस्पताल, भरतपुर अस्पताल, भरतपुर आँखा अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कोशी अस्पताल र भेरी अस्पतालहरुमा एकेडेमिक कार्यकमहरु संचालन गर्दै आएको छ।
कार्यकममा न्याम्सका शिक्षाध्यक्ष पाडा लोचन कार्की, रजिस्ट्रार सहायक प्राडा ज्ञानेन्द्र शाह, सह पाडा डीन अशेष ढुंगाना, राष्ट्रिय योजना आयोगका सदस्य प्राडा आरपी बिच्छा, स्वास्थ्य तथम जनसंख्या मन्त्रालयका सचिव देव कुमारी गुरागाई शिक्षा सचिव, अर्थ सचिव लगायतको उपस्थित रहेको थियो।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपाल औषधि लिमिटेडलाई स्वास्थ्य मन्त्रालयको पूरा सहयोग हुन्छ : स्वास्थ्य मन्त्री बस्नेत
Next article एप्पोनको फर्मा सम्मेलन (फर्मा कनक्लेभ २०२३) अजोज २५ मा हुने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134427
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web