• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपाल औषधि लिमिटेडलाई स्वास्थ्य मन्त्रालयको पूरा सहयोग हुन्छ : स्वास्थ्य मन्त्री बस्नेत

October 8th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे,
काठमाडौं, २१ असोज : नेपाल औषधि लिमिटेडलाई स्वास्थ्य मन्त्रालयको पूरा सहयोग हुने स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् । आईतबार नेपाल औषधि लिमिटेडको केन्द्रीय कार्यालयको निरीक्षणका क्रममा स्वास्थ्य मन्त्री बस्नेतले औषधि लिमिटेड नेपाल सरकारको अंग भएको स्मरण गर्दै यसको विकासका लागि स्वास्थ्य मन्त्रालयले पनि सक्दो सहकार्य गर्ने बताए ।
नेपाल औषधि लिमिटेड उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालय अन्तरगत परे पनि यसले उत्पादन गर्ने औषधिको सम्बन्ध भने स्वास्थ्य मन्त्रालयसँग रहेकाले यसले उत्पादन गरेका औषधि स्वास्थ्य मन्त्रालयले किनिदिने सहज वातावरण मिलाउने मन्त्री बस्नेतले बताए । उनले भने, ‘ नेपाल औषधि लिमिटेडले उत्पादन गरेका औषधि स्वास्थ्यले किनिदिन्छ तर ती औषधि गुणस्तरीय हुनु पर्छ र चाहिएको जति आपूर्ति गर्न सक्नु पर्छ । ’ कुनै बेला औषधि बेचेरै नाफा समेत कमाएको औषधि लिमिटेड कम्पनी अहिले घाटामा चल्नु सुखद नभएको बताउदै मन्त्री बस्नेतले कम्पनीकै कर्मचारीको कामचोर प्रवृतिका कारण यो अवस्था आएको दावी गरे । केही दिन पहिले महा प्रवन्धक नियुक्त भएर आएका कैलाश पनेरुले नेपाल औषधि लिमिटेडको पुरानो साख फर्काउने योजना सहित काम अगाडि बढाएपछि स्वास्थ्य मन्त्री बस्नेत स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता मिश्रलाई साथ लिएर औषधि लिमिटेडको कार्यालय पुगेका थिए ।
मन्त्री बस्नेतले डा. मिश्रलाई औषधि लिमिटेडको क्षमता र औषधि उत्पादन अवस्था अवलोकन गरि उत्पादित औषधि का विविद् पक्षबारे आफुलाई जानकारी गराउन निर्देशन दिएका थिए । नेपाल औषधि लिमिटेडका प्रवन्ध निर्देशक कैलाश पनेरुले बिगत लामो समयदेखि घाटामा रहेको कम्पनीलाई आत्मनिर्भर हुने गरि सञ्चालन गर्न एक वर्षका लागि सरकारले २४ करोड रुपैया ऋण अनुदान उपलब्ध गराई दिन प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरेको जानकारी गराउदै उक्त प्रस्ताव मन्त्रीपरिषद्बाट पास गराउनमा सहयोग गरिदिन स्वास्थ्य मन्त्री बस्नेतलाई महाप्रवन्धक पनेरुले आग्रह गरे । कुनै बेला सयभन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै नाफा समेत कमाउने गरेको यो कम्पनीले अहिले अहिले सिमिति रुपमा सिटामोल, जिवनजल लगायतका औषधि मात्र उत्पादन गर्दै आइरहेको छ । सिटामोल र जिवनजल औषधि लिमिटेडका व्रान्ड हुन । उद्योग मन्त्रालय मातहत रहेको यो कम्पनीमा अहिले ८० जना कर्मचारी कार्यरत छन् । धेरै जसो औषधिको उत्पादन बन्द भए पछि कम्पनीले आफ्ना भवन भाडामा लगाएको छ । मासिक ५० लाख खर्च रहेको यो कम्पनीले २५ लाख भाडा बाफत कमाउछ भने २५ लाख घाटामा रहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article किष्ट मेडिकल कलेजमा एकसाथ एकै व्यक्तिको मिर्गौला र कलेजो प्रत्यारोपण
Next article न्याम्सको चौथो दिक्षान्त समारोह सम्पन्न ५४१ जना दिक्षित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134427
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web