• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

फर्मा कन्क्लेभ २०२३ सम्पन्न

October 12th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे,
काठमाडौं, २५ असोज : नेपाली औषधी उद्योगको वर्तमान अवस्थाको चित्रण गर्न र भावी कार्ययोजनाको खाका कोर्ने उद्देश्यले नेपाल औषधी उत्पादन संघ (एप्पोन) र औषधी व्यवस्था विभागले संयुक्त रुपमा विहीवार राजधानीको याक एण्ड यति होटलमा आयोजना गरेको फर्मा कन्क्लेभ २०२३ सम्पन्न भएको छ । कन्क्लेभको उद्देश्य माथि प्रकाश पादै नेपाल औषधि उत्पादन संघ (एप्पोन) का अध्यक्ष प्रज्ज्वल जंग पाण्डेले ओषधी उद्योगसंग सम्बन्धी उत्पादक, व्यवसायी, निति निर्माण र अनुसन्धान कर्ता एकै ठाउँमा भेला भएर औषधीको विकासमा साझा अजेण्डामा छलफल गरेर नेपालमा पहिलो पटक फर्मा कन्क्लेभ आयोजना गरिएको जानकारी दिए ।
नेपाल औषधी उद्योग ५० प्रतिशत औषधी उत्पादनमा आत्मनिर्भर रहेको बताउदै अध्यक्ष पाण्डेले औषधीमा पुरै आत्मनिर्भर हुन कन्क्लेभले नयाँ दिशा निर्देश गर्ने दाबी गरे । औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले फर्मा कन्क्लेभले नेपाललाई भविश्यमा औषधीमा आत्मनिर्भर हुने अभियानमा इट्टा थप्ने काम गर्ने बताए । ५० प्रतिशत औषधी उत्पादन स्वदेशमै भइरहेको अवस्थामा त्यो संख्या बढाउन धेरै मेहनत गर्नुपर्नेमा ढकालले जोड दिए । नेपाली औषधी उद्योगहरुले अर्को फड्को मार्नु पर्ने बेला आएको बताउदै महानिर्देशक ढकालले सिर्जनात्मक ढंगले अगाडि बढ्नु पर्नेमा जोड दिए । कार्यक्रममा बंगालादेशको ढाका विद्यालयको फार्मेसी विषयमा डिन डा.सितेष सी बचरले बंगलादेश ९७ प्रतिशत औषधीमा आत्मनिर्भर भएको बताउदै नेपालले पनि आत्मनिर्भरताका बाटोमा आफूलाई हिडाउनु आवश्यक रहेको बताए । भारतबाट आएका फार्मेसी विज्ञ डा.निकुञ्ज पटेलले नेपाली औषधीले फट्को मार्ने हो भने विदेशमा औषधी निर्यात गर्नै पर्नेमा जोड दिए । कार्यक्रममा विभिन्न सेसनमा विज्ञहरुका बिच प्यानल डिस्कसन गराइएको थियो । कन्क्लेभ सफल भएको एप्पोनका महासचिव विप्लव अधिकारीले जानकारी दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपाल औषधि उत्पादक संघको अध्यक्षमा महेश प्रधान निर्वाचित
Next article किष्ट मेडिकल कलेजमा एकसाथ एकै व्यक्तिको मिर्गौला र कलेजो प्रत्यारोपण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134458
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

15
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web