• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यले खटायो चार टोली

August 14th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यले खटायो चार टोली

बाढी प्रभावित जिल्लाका नागरिकको स्वास्थ्य उपचार सहित आवश्यक व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयले वरिष्ठ स्वास्थ्य अधिकारीको नेतृत्वमा चार टोली पठाएको छ । मन्त्रालयले बाढीबाट प्रभावित १८ जिल्लामा समन्वय गर्ने गरी चार स्थानमा टोली खटाएको हो ।  मन्त्रालयले विराटनगरमा डा. गुणनिधी शर्मा, जनकपुरमा भिम सापकोटा, रौतहटमा सागर घिमिरे र नेपालगन्जमा परशुराम श्रेष्ठको संयोजकत्वमा टोली परिचालन गरेको छ ।  टोलीसँग मन्त्रालयले पानी शुद्ध गर्ने औषधि, जीवनजल, एन्टिबायोटिक्स, प्राथमिक उपचारका सामाग्री तथा अन्य आवश्यक औषधि समेत पठाएको छ । केन्द्रबाट परिचालन भएका टोलीले प्रभावित जिल्लाका स्वास्थ्य कार्यालय, अस्पताल, स्वास्थ्य चौकी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीयसँग सहकार्य गरेर आवश्यकता अनुसार स्वास्थ्य उपचारको व्यवस्था मिलाउने छ ।

विराटनगरमा खटिएका टोलीले मोरङ, झापा, सुनसरी, सिराह र सप्तरीमा, जनकपुरमा खटिएको टोलीले धनुषा र महोत्तरी, रौतहटको टोलीले रौतहटसहित सर्लाही र बारा, नेपालगञ्जको टोलीले बाँके, बर्दिया र सुर्खेतमा औषधि, उपचार र आवश्यक सहयोग उपलब्ध गराउने छन ।  थप जनशक्ति र औषधि आवश्यक परे तत्काल उपलब्ध गराइने व्यवस्था मिलाईएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले बताए ।

प्रभावित क्षेत्रमा झाडापखाला, जन्डिस, टाइफाइड जस्ता सरुवा रोगको महामारी फैलन नदिन मन्त्रालयले आवश्यक काम अगाडि बढाउन लागेको समेत डा. पन्तले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article उपचारमा जुट्न चिकित्सक संघको आग्रह
Next article औषधि आयातकर्ता संघद्वारा बाढीपीडितलाई दश लाख

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132701
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web