• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

वीरका कामचोर कर्मचारीलाई छानीछानी कारवाही गर्ने स्वास्थ्य मन्त्रीको चेतवानी

January 12th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
वीरका कामचोर कर्मचारीलाई छानीछानी कारवाही गर्ने स्वास्थ्य मन्त्रीको चेतवानी

हेल्थ टुडे,
काठमाडौं, २७ पुष : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जिम्मेवारी निर्वाह नगर्ने वीर अस्पतालका कामचोर कर्मचारीलाई छानीछानी कारवाही गर्ने चेतावनी दिएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा शुक्रबार आयोजना गरिएको पुस्तक हस्तान्तरण एवं मेमोग्राफी सेवाको उद्घाटनका अवसरमा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले निजी स्वार्थका लागि वीर अस्पताललाई बदनाम गर्दै हिड्ने, जिम्मेवारी निर्वाह नगर्ने, वीरका विषयमा नकारात्मक समाचार लेखाउने कामचोर कर्मचारीलाई छानीछानी कारवाही गर्ने बताएका हुन । मन्त्री बस्नेतले भने, ‘ वीर अस्पतालमा दिन रात काम गर्ने कर्मचारी पनि छन् । अर्कोथरि कामै नगरेर आफ्नो स्वार्थ पुरा गर्न जे पनि गर्ने कर्मचारी छन् । कामचोर र वीर बदनाम गराउने कर्मचारीलाई ऐन संसोधन गरेर भए पनि ठेगान लगाइन्छ ।’
विभिन्न स्वार्थसमूहले आफ्नो स्वार्थ पुरा नहुदा अस्पतालमा ताला लगाउनेसम्मको अनुशासनहिन काम भएको पाइएको बताउदै स्वास्थ्य मन्त्री बस्नेतले अर्को पटक कुनै पनि बहानामा विरामीको उपचार प्रभावित पारेर ताला लगाइए ठीक नहुने चेतावनी दिए । जनताको भरोसाको केन्द्रका रुपमा रहेको वीर अस्पतालको सेवा सुधार्न आफू तल्लिन रहेका बेला वीर अस्पताल बदनाम गरेर आफ्नो स्वार्थ पुरा गर्न पल्केका कर्मचारी मन्त्रीका विरुद्वमा विरामीको खानाको बजेट काट्यो भन्दै बदनाम गराउन खोजेकोमा आक्रोस व्यक्त गर्दै अर्थ मन्त्रालयबाट बजेट कटौती गर्ने बेला केही कमजोरी भएको हुन सक्ने बताए ।
मन्त्री बस्नेतले भने, ‘ म वीर अस्पतालमा सहित देश भरिका अस्पतालमा विपन्नलाई कसरी निशुल्क सेवा दिन सकिन्छ भनेर लागिरहेको छु । तर मेरा विरुद्व नै स्वास्थ्य मन्त्रीले वीरका विरामीको खानाको बजेट काट्यो भनेर समाचार लेखाए । यस्तो झुटको खेती धेरै दिन चल्दैन । ’ अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा बजेट कटौती गर्दा वीरको १३ वर्ष उपशिर्षकको बजेट कटौतीमा परेको उक्त रकम अर्थले पठाइसकेको बताउदै स्वास्थ्य मन्त्रीले विरामीको खानाको बजेट काट्यो भनेर समाचार लेखाएर आफुलाई बदनाम गर्ने काम वीरकै बदमास कर्मचारीले गरेको बताए । मन्त्री बस्नेतले भने, ‘फटाहाहरुलाई कारवाही गर्ने औषधि मसँग छ । वीर अस्पताल बदनाम गरेर रमाउनेहरुको औषधि कसरी गर्नु पर्छ मलाई राम्ररी थाहा छ । ’ मन्त्री बस्नेतले वीरको सेवा सुधार गर्न आफु लागिपरेको बताउदै निकट भविश्यमै मुटुरोगको उपचारका लागि अत्याधुनिक उपकरण जडान गर्ने र जलन उपचारको सेवा विस्तार गरिने बताए ।
कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका उपकुलपति प्रा. डा. भुपेन्द्र बस्नेतले स्वास्थ्य मन्त्रीले विरामीको खानाको बजेट कटौती नगरेको प्रष्ट पार्दै अर्थले उक्त शिर्षकको बजेट छुटाएकोले भर्खरै अथृले वीरलाई साडे ४ करोड बजेट दिइसकेको बताए । वीर अस्पतालले विरामीको खाना कहिल्यै नरोकेको उपकुलपति डा. बस्नेतले बताए । उक्त कार्यक्रममा विश्व स्वास्थ्य संगठनको नपाल स्थित कार्यालयले न्याम्सलाई कसरी १२ लाख रुपैया बराबरका पुस्तक हस्तान्तरण गरेको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article वीरमा आयो स्तन क्यान्सर परिक्षण गर्ने मेमोग्राफी, स्वास्थ्य मन्त्रीले गरे उदघाटन
Next article डा.पुकारको नेतृत्वमा नेपालमा पहिलो पटक ३ वर्षीय बालकको कलेजो प्रत्यारोपण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132569
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web