• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 10th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा.पुकारको नेतृत्वमा नेपालमा पहिलो पटक ३ वर्षीय बालकको कलेजो प्रत्यारोपण

January 13th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा.पुकारको नेतृत्वमा नेपालमा पहिलो पटक ३ वर्षीय बालकको कलेजो प्रत्यारोपण

हेल्थ टुडे,
भक्तपुर, २७ माघ : शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा वरिष्ठ कलेजो तथा मृगौला प्रत्यारोपण शल्य चिकित्सक डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा नेपाल मै पहिलो पटक हेपाटोव्लास्टोमा भएको ३ वर्षीय बालकको कलेजो प्रत्यारोपण सफलता पूर्वक सम्पन्न भएको छ ।
कलेजो प्रत्यारोपणमा महत्वपूर्ण सफलता हासिल गरेको केन्द्रले हाल सम्म १७ जनाको कलेजो प्रत्यारोपण गरि सकेको छ । यति मात्र नभइ शुक्रवार को प्रत्यारोपण सहित केन्द्रमा ४ दिन निरन्तर ४ वटा कलेजो प्रत्यारोपण गरिने तयारी समेत छ । वीरगन्ज, पर्साका उक्त ३ वर्षीय बालक लाई उनकी ३० वर्षीय आमाले कलेजो दान दिएकी हुन । प्रत्यारोपित बालकको स्वास्थ्य अवस्था सामान्य रहेको शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक समेत रहेका डा. पुकार चन्द्र श्रेष्ठले बताए ।
ती बालकलाई कलेजो को क्यान्सर (हेपाटोव्लास्टोमा) भएको ले नयाँ कलेजो प्रत्यारोपण गरेर ज्यान जोगाइएको हो । ‘ससाना बच्चा को प्रत्यारोपण ठूला व्यक्तिको दाँजोमा केही फरक हुन्छ’, डा.पुकारले भने ‘उनीहरूको शरीरको अंग, नशाको आकार लगायतका सबै फरक हुने भएकोले ठूलो व्यक्तिको दाँजोमा जटिल नै हुने गरेको छ । ’, केन्द्रले मिर्गौला प्रत्यारोपणमा पनि उल्लेख्य प्रगति हासिल गर्दै आइरहेको छ । स्थान अभावमा केन्द्रले आफ्नो क्षमता अनुसार सेवा विस्तार गर्न सकेको छैन । सरकारले केन्द्रलाई ५०० शैयाको अस्पताल बिस्तार गर्न निर्णय गरिसकेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article वीरका कामचोर कर्मचारीलाई छानीछानी कारवाही गर्ने स्वास्थ्य मन्त्रीको चेतवानी
Next article चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको संघर्षमय कथा : मेरो पढाइकालागि बुवाको राजीनामा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133083
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

47
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

60
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

51
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web