हेल्थ टुडे,
काठमाडौँ, २५ माघ : स्वास्थ्य बीमा बोर्डका सदस्य डा मुक्तिराम श्रेष्ठले बोर्डमा रिक्त रहेको निमित्त कार्यकारीको जिम्मेवारी सम्हालेका छन् । स्वास्थ्य विमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलालाई सरकारले माघ ९ गते पदबाट हटाएपछि कार्यकारी निर्देशकको पद रिक्त थियो । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बुधबार मन्त्री स्तरीय निर्णय गर्दै डा. श्रेष्ठलाई निमित्त कार्यकारी तोकेका थिए । डा. श्रेष्ठले बिहीबारदेखि जिम्मेवारी सम्हालेका छन् । डा. श्रेष्ठ नेपाल चिकित्सक संघका पुर्व अध्यक्ष हुन ।
Leave a Reply