• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

स्मरण शक्ति बलियो बनाउछ ओखरले

February 17th, 2024 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे,
काठमाडौं, ५ फागुन ओखर खानाले शरीरमा कोलेस्ट्रोलको स्तरमा तीव्र गतिले कमी हुन्छ । यसले रगत नलीलाई झन् बढी लचिलो बनाउँछ र शरीरमा रक्तसञ्चार सहज भई मुटुमा बढी दबाब पर्दैन । ओखरले शरीरमा थर्मोजेनिक प्रभाव उत्पन्न गर्ने हुँदा मुटुको धमनीमा जमेको बोसो घुलनशील अवस्थामा आएर विस्तारै समाप्त हुन्छ । जसले गर्दा मुटुलाई रक्त सञ्चारका लागि बढी मेहनत गर्नु पर्दैन ।
एक मुठी ओखरमा ४ ग्राम प्रोटिन, २ ग्राम फाइबर र म्याग्नेसियम (१० प्रतिशत डीबी) हुन्छ । मानिसका लागि अत्यावश्यक ओमेगा ३, ओमेगा ६ र अल्फा लिनोलेनिक एसिड प्रशस्त हुने एकमात्र फल ओखर हो । ओखरमा भिटामिन बी, भिटामिन ई, म्याग्नेसियम, जिंक, कपर, आयरन, क्याल्सियम र एन्टिअक्सिडेन्टलगायतका प्रशस्त प्राकृतिक खनिज हुन्छ । सेवन गरेको चार घण्टापछि नै ओखरको फाइदा मिल्छ । ओखरको सेवनले अस्थमा, अर्थराइटिस, छालाको समस्या, एक्जिमा र सोराइसिसजस्ता रोगबाट समेत बच्न सकिन्छ । ओखरको नियमित सेवनले मस्तिष्क तेज हुन्छ र स्मरण शक्ति बलियो हुन्छ । पोषकतत्वले भरिपूर्ण प्रोटिनको राम्रो स्रोत रहेको ओखर वर्षभरि नै पाइन्छ । ‘जर्नल अफ न्युट्रिसन’ मा प्रकाशित एक अध्ययनअनुसार एउटा ओखर (२८.३५ ग्राम) मा १ सय ४६ क्यालोरी हुन्छ ।
ओखर खानाले मुटु रोग, क्यान्सरलगायत अन्य रोगको जोखिम कम हुने अनुसन्धानहरूले देखाएका छन । पुरुषको शुक्रकीट बढाउनमा समेत ओखर सेवनले महत्वपूर्ण भूमिका खेल्छ । पुरुषको प्रजनन स्वास्थ्य र क्षमतामा ओखरको सेवनले सकारात्मक प्रभाव पार्छ ।
एक अध्ययन अनुसार दिनहुँ ७५ ग्राम ओखर सेवनले २१ देखि ३५ वर्ष उमेरसमूहका स्वस्थ पुरुषमा शुक्रकीटको जीवनशक्ति, गतिशीलता र सामान्य आकृतिमा सुधार देखिएको छ ।
यति मात्रै नभई ओखरका अन्य धेरै फाइदा छन् । ओखर सेवनले पाचनक्रियालाई राम्रो बनाउनुका साथै रगतमा कोलेस्ट्रोलको स्तर कम गर्छ र पेटसम्बन्धी समस्याबाट छुटकारा दिलाउँछ । ओखरको नियमित सेवनले पेटमा भएका कीराबाट समेत मुक्ति पाइन्छ । ओखर भुटेर खानाले खोकीको समस्यामा समेत राहत पाइने आयुर्वेदमा उल्लेख छ । ओखर सेवनले प्यांक्रियाज ग्रन्थीमा हुने क्यान्सरबाट बच्न पनि सहयोग पुग्छ । यसले महिलामा हुने स्तन क्यान्सरको सम्भावनालाई पनि कम गर्छ  । रगत जम्नबाट रोक्न र डाइबिटिजबाट बच्न पनि ओखर सेवन लाभदायक हुन्छ ।
एजेन्सीको सहयोगमा

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कानून विपरित सञ्चालित वीर अस्पताल छेउका दुई वटा फार्मेसी बन्द
Next article चाया किन हुन्छ ? र यसको उपचार के ?

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133185
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

35
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web