• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

दादुरा–रुबेला खोप राष्ट्रिय अभियानको स्वास्थ्य मन्त्री बस्नेतले गरे शुभारम्भ

February 25th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
दादुरा–रुबेला खोप राष्ट्रिय अभियानको स्वास्थ्य मन्त्री बस्नेतले गरे शुभारम्भ

हेल्थ टुडे,
भक्तपुर, १३ फागुन : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरको मध्यपुर थिमिस्थित आदर्श माध्यमिक विद्यालयबाट दादुरा–रुबेला राष्ट्रिय खोप अभियानको आईतबार शुभारम्भ गरेका छन् । मन्त्री बस्नेतले स्वास्थ्य कार्यालय भक्तपुरकी अस्मिता ओझालाई भ्याक्सिन वक्स हस्तान्तरण गर्दै शुभारम्भ गरेका हुन । आदर्श माध्यमिक विद्यालयमा आयोजना गरिएको शुभारम्भ कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले नेपाल सरकारले सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्न प्रतिवद्व रहेको बताउदै प्रदेश सरकार र स्थानिय सरकारको सहकार्यमा यो अभियान सफल हुने विश्वास व्यक्त गरे । गत वर्ष समेत दादुराको महामारी देखिएको स्मरण गर्दै देशका ७७ वटै जिल्लामा सञ्चालित हुने खोप अभियानमा एक जना बालबालिका पनि छुट्न नहुनेमा स्वास्थ्य मन्त्री बस्नेतले जोड दिए ।
यो अभियान सफल बनाउन जनचेतनाको पनि भूमिका रहेकाले स्वास्थ्य मन्त्रालयले यसको शुभारम्भ भक्तपुरको आदर्श स्कुलबाट गरेको मन्त्री बस्नेतले बताए । कार्यक्रममा भक्तपुर क्षेत्र नम्बर २ का सांसद दुर्लभ थापाले स्थानिय सरकारको सहकार्यमा सञ्चालन गरिएको खोप अभियानले पूर्ण सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे । मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ र चागुनारायण नगरपालिकाका मेयर जिवन श्रेष्ठले स्थानिय सरकारले प्राथमिकताका साथ खोप लगायतका स्वास्थ्यका कार्यक्रम सञ्चालनमा सहकार्य गरिरहेको जानकारी दिए । विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश सम्भाजीराव पाण्डवले देशका ७७ वटै जिल्लाबाट एकै पटक शुभारम्भ गरिएको दादुरा–रुबेला खोप राष्ट्रिय अभियानले नेपालबाट दादुरा र रुबेला निवारणमा कोशे ढुंगा सावित हुने बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा. दीपेन्द्ररमण सिंहले संसारबाटै विफर उन्मुलन भएजस्तै दादुरा र रुवेला पनि उन्मुलन गर्न सकिने दावी गर्दै यसमा सबैको इमान्दार प्रयास आवश्यक रहेको बताए । स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता मिश्रले यस अभियानमा तराईका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा ९ महिना देखि १५ वर्ष मुनीका र बाकी जिल्लामा ९ महिनादेखि ५ वर्ष मुनीका बालबालिकालाई यो खोप दिइने जानकारी दिइन । परिवार कल्याण महासाखाका निर्देशक डा. विवेक कुमार लालले साडे ५७ लाख बालबालिकालाई यो अभियान अन्तर्गत खोप लगाइने बताए । डा. लालका अनुसार देश भरि स्थापना गरिएका ४९ हजार खोप केन्द्रमार्फत ६० हजार महिला स्वास्थ्य स्वयं सेविका र ४४ हजार स्वास्थ्यकर्मी मार्फत खोप अभियान सञ्चालन हुने छ । यो अभियान सञ्चालमा १ अर्ब ३६ करोड खर्च लाग्ने छ । जसमध्ये ८४ प्रतिसत रकम (ग्लोवल भ्याक्सिनेशन अलाइन्स) गाभीले अनुदान दिएको छ भने बाकी नेपाल सरकारले बेहोर्ने छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रसुति गृहबाट शिशु चोरी, शिशु लिएर जाँदै गरेकी महिला सीसीटिभीमा
Next article नेशनल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा शाहनवाज अन्सारी नियुक्त

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132864
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web