• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

‘ निक साइमन्स अवार्ड ’ नुवाकोटकी सिनियर अनमी कञ्चनमाला श्रेष्ठलाई

March 21st, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
‘ निक साइमन्स अवार्ड ’ नुवाकोटकी सिनियर अनमी कञ्चनमाला श्रेष्ठलाई

हेल्थ टुडे,
काठमाडौं,८ चैत : ग्रामिण क्षेत्रमा रहेर सर्वोत्कृष्ठ स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई प्रदान गरिने ‘निक साइमन्स अवार्ड ’ नुवाकोटको राउतबेसी स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी कञ्चनमाला श्रेष्ठलाई प्रदान गरिएको छ । बुधबार राजधानीमा आयोजना गरिएको अवार्ड वितरण समारोहमा उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले १२ औं निक साइमन्स अवार्ड सिनियर अनमी श्रेष्ठलाई प्रदान गरेका हुन । ५० वर्षिय श्रेष्ठको मातृशिशुको जीवन रक्षामा ठूलो योगदान गरेको छ । निक साइम्स इन्स्टिच्युटले देशका दुर्मम भागमा रहेर स्वास्थ्य सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी अवार्डका लागि सिफारिस गर्न आव्हान गरेको थियो । उक्त आव्हान पछि ४४ जना स्वास्थ्यकर्मीको मनोनयन परेको थियो ।
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा. अनुज भट्टचन, डा.माधव लम्साल, निक साइमन्स इन्स्टिच्युटकी कार्यकारी निर्देशक डा. अचैना अमात्य र नवराज श्रेष्ठ सम्मिलित ४ सदस्यिय निर्माणक समितिले अवार्ड विजेताको छनौट गरेका हुन । देशभरिबाट प्राप्त मनोनयन मध्ये उत्कृष्ठ छानिएका ५ जना मध्ये सर्वोत्कृष्ठ १ जनालाई निक साइमन्स अवार्ड प्रदान गर्ने गरिन्छ । अन्य ४ जना उत्कृष्ठ स्वास्थ्यकर्मीहरु पाचथरका बागबहादुर रोकाया, दैलेखका डम्बर कुमारी शाही, रुपन्देहीका प्रदीपकुमार पण्डित र बाग्लुङका कसिन्द्र शाहीलाई पनि समारोहमा सम्मान गरिएको थियो । कार्यक्रममा स्वास्थ्य मन्त्री यादवले देशका दुर्गम क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने काममा नेपाल सरकारलाई सहयोग र सहकार्य गरेकोमा निक साइमन्सलाई धन्यवाद ज्ञापन गरेका थिए । निक साइमन्सका अध्यक्ष विद्याधर मल्लिकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्वारा विभिन्न अवार्डका लागि दरखास्त आव्हान
Next article मिर्गौला, कलेजो प्रत्यारोपणसँगै मुटु उपचारमा फड्को मार्दै धर्मभक्त प्रत्यारोपण केन्द्र

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134360
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web