• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपाल चिकित्सक संघसँग सहकार्य गरेर अगाडि बढ्ने स्वास्थ्य मन्त्री यादवको प्रतिवद्वता

April 25th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपाल चिकित्सक संघसँग सहकार्य गरेर अगाडि बढ्ने स्वास्थ्य मन्त्री यादवको प्रतिवद्वता

हेल्थ टुडे,
काठमाडौं, १३ बैसाख : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नेपाल चिकित्सक संघसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्वता जनाएका छन् । मन्त्री यादवको स्वागतमा चिकित्सक संघले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै यादवले चार वर्ष पहिले स्वास्थ्य मन्त्री भएका बेला पनि चिकित्सक संघसित मिलेर काम गरेको स्मरण गर्दै भविश्यमा पनि सहकार्य गरेर स्वास्थ्यका समस्या हल गर्ने बताएका हुन । यादवले भने, ‘ स्वास्थ्यमा भएका तमाम समस्या हामी मिलेर मात्र हल गर्न सक्छौ । चिकित्सक संघको सल्लाह र सुझावका आधारमा स्वास्थ्य मन्त्रालय अगाडि बढ्न चाहन्छ । ’ आफुले कुनै पनि चिकित्सक वा कर्मचारीलाई राजनीतिक आस्थाका आधारमा भेदभाव नगर्ने बताउदै मन्त्री यादवले दक्ष्य चिकित्सकलाई अवसरबाट बन्चित नगर्ने प्रतिवद्वता जनाए । उनले भने, ‘ म कुन डाक्टर कुन बिचारको भन्ने बुझ्दिन । बिचारले समाजमा काम गर्ला । तर मेडिकलमा त दक्षताले काम गर्छ । दक्ष चिकित्सकले अवसरबाट बन्चित हुनु पर्दैन । ’ तर आवश्यकताका आधारमा भने जिम्मेवारी परिवर्तन गर्न सकिनेमा उनले जोड दिए ।
चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले नयाँ मन्त्री आउना साथ उसको काम नै अस्पतालका डाइरेक्टर र महासाखा र साखाका कर्मचारी परिवर्तनतिर लाग्ने भएकाले कर्मचारीको मनोवल खस्कने गरेको प्रसंग उल्लेख गर्दै त्यसो गर्दा स्वास्थ्यका समस्या हल नहुने तर्फ मन्त्री यादवलाई सचेत गराए पछि मन्त्री यादवले आग्रह पुर्वाग्रहका आधारमा जिम्मेवारी परिवर्तन नगर्ने बताएका हुन । यादवले स्वास्थ्यको बजेट बढाउन र स्वास्थ्यमा जनशक्ति थप्न आफु लागिपरेको जानकारी दिएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोसन पोखरेलले केन्द्रीय सरकार मातहत २७ सय मात्र चिकित्सकको दरबन्दी रहेको जानकारी दिदै केही दिनमै करिव ३ हजार दरबन्दी थप हुने गरि काम अगाडि बढेको बताए ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीले चिकित्सकलाई रोजगारीको सुरक्षा, आर्थिक सुरक्षा, भौतिक सुरक्षा, समाजिक सुरक्षा र नीतिगत सुरक्षा गरि ५ वटा सुरक्षाको प्रत्याभूति राज्यले दिन समेत स्वास्थ्य क्षेत्रमा अहिले देखिएका समस्या हल गर्न सकिने बताए । अध्यक्ष डा. कार्कीले चिकित्सकहरुको सेवा सुविधा एकदमै न्युन भएको बताउदै कम्तिमा पनि नेपाली चिकित्सकको सेवा सुविधा सार्क देशका चिकित्सक सरह हुनु पर्नेमा जोड दिए । स्वास्थ्य बजेटको ३३ प्रतिसत बजेट जनशक्तिमा खर्च गर्नु पर्ने डा. कार्कीले मन्त्री यादवलाई सुझाव दिए । कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसाल, न्याम्सको उपकुलपति डा. भुपेन्द्र बस्नेत। पुर्व स्वास्थ्य सचिव डा. सुधा शर्मा, मुटुरोग विज्ञ डा. भगवान कोइराला सहित चिकित्सक संघका पदाधिकारी र वरिष्ठ चिकित्सकहरु सहभागी थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आगामी बजेटमा पोषण कार्यक्रमलाई सरकारले उच्च प्राथमिकता दिनु पर्छ : डा. आरजु देउवा
Next article मिर्गौला प्रत्यारोपण सर्जन डा.दीपेश श्रेष्ठलाई उत्कृष्ठ कर्मचारी पुरस्कार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134429
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web