• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य मन्त्रालयको नेतृत्वमा अढाई अर्ब बढीको ‘स्पीड’ परियोजना सुरु

May 10th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य मन्त्रालयको नेतृत्वमा अढाई अर्ब बढीको ‘स्पीड’ परियोजना सुरु

हेल्थ टुडे,
काठमाडौँ, २७ बैशाख : नेपालले महामारी सम्वन्धी पूर्व तयारीलाई बलियो बनाउने नयाँ परियोजना सुरु भएको जनाएको छ । द पाण्डामिक फण्डले छनौट गरेको नेपालको नयाँ परियोजना ‘स्ट्रेन्थेनिङ पाण्डमिक प्रिपेडनेश फर अर्लि डिटेक्सन इन नेपाल (एसपीइइडी)’ बुधबारबाट सुरु भएको हो । पाण्डमिक फण्ड सन् २०२२ को सेप्टेम्बरमा इन्डोनेसियाको बालीमा भएको जी २० राष्ट्रका अर्थ मन्त्रीहरुको बैठकले न्युन तथा मध्यम आय भएका देशहरुलाई लक्षित गरी स्थापना गरेको एक आपतकालीन कोष हो । सो कोष स्थापना भएपछि विश्वभरका न्युन तथा मध्यम आए भएका देशहरुबाट प्रस्तावना आव्हान गरिएको थियो । त्यसबेला स्वास्थ्य मन्त्रालयले स्ट्रेन्थेनिङ पाण्डमिक प्रिपेडनेश फर अर्लि डिटेक्सन इन नेपाल (एसपीइइडी) प्रस्तावना हालेको थियो । नेपालको सो प्रस्तावना छनौट भएको गत साउन मै थाहा भएको थियो । यद्धपी कति रकम प¥यो भन्ने त्यसबेला खुलेको थिएन ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाकथोकीले आज विज्ञप्ती जारी गर्दै एसपीएईडी परियोजना शुभारम्भ भएको बताएका छन् । उनले स्वास्थ्य सचिव डा. रोशन पोखरेलको अध्यक्षतामा मन्त्रालयमा आज एक समारोहका बीच कुल १ करोड ८८ लाख अमेरिकी डलर (करिब २ अर्ब ५१ करोड ३५ लाख रुपैयाँ) को लागतको ‘स्पीड’ परियोजना सुरु भएको जानकारी दिए । यद्धपी मन्त्रालयमा यो कार्यक्रम हिजो नै भएको थियो ।
प्रवक्ता डा बुढाथोकीले यो परियोजना नेपाल सरकारको नेतत्वमा डब्लुएओ, युनिसेफ र एफएओ सहितको समन्वयमा सञ्चालन हुने बताए । उनले यो परियोजनाको अवधी तीन वर्षको रहने जानकारी दिए ।
त्यसबेला प्रस्तावना तयार गर्नेमध्येका एक नीति योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेलले एसपीईईडी परियोजना खासगरी महामारीको निगरानी र प्रारम्भिक चेतावनी, प्रयोगशाला प्रणाली, मानव संसाधन तथा जनशक्तिको सुदृढीकरणमा केन्द्रीत हुने बताएका थिए । त्यसैले अढाई अर्ब बढीको यो परियोजनामा आएको रकम तिनै कामका लागि खर्च हुनेछ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्यमा सकारात्मक सोचको खाँचो
Next article स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्‍य पुरस्कारका लागि आवेदन माग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132864
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web