हेल्थ टुडे,
काठमाडौं, ३१ बैसाख : उपप्रधान मन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजिनामा दिएका छन् । वदलिदो राजनीतिक परिवेशमा सत्ता सहकार्य गर्न
असहज भएकाले पदबाट राजिनामा दिएको यादवले बताएका छन् । १२ सांसद रहेको यादव नेतृत्वको जनता समाजवादी, नेपाल पार्टी फुटेर ७ सांसद अशोक राई नेतृत्वमा नयाँ पार्टी जनता समाजवादी पार्टी स्थापना गरेपछि यादवमाथि राजिनामा दिन दवाव बढेको थियो । यादवसँग अहिले ५ जना सांसदमात्र छन् । यादव दुई महिना पहिले स्वास्थ्य मन्त्रीमा नियुक्त भएका थिए ।
Leave a Reply