• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पोलियो विरुद्वको खोप अभियान जेठ १३ देखि २६ सम्म सञ्चालन हुने

May 21st, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पोलियो विरुद्वको खोप अभियान जेठ १३ देखि २६ सम्म सञ्चालन हुने


हेल्थ टुडे,

काठमाडौं, ८ जेठ : पोलियो विरुद्वको आई.पि.भी, खोप अभियान यही जेठ १३ गतेदेखि २६ गतेसम्म देशव्यापी रुपमा सञ्चालन गरिने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महासाखाले मंगलबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरि १४ लाख ६२ हजार ६१२ जना वालवालिकालाई लक्षित गरि खोप कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिएकोहो ।
परिवार कल्याण महासाखाका निर्देशक डा.विवेक कुमार लालले विश्व बजारमा खोप अभावका कारण आई.पि.भी खोप खगाउन छुटेका विसं २०७३ बैसाख देखि २०७५ असोजसम्म जन्मेका बालबालिकालाई यो खोप लगाइने जानकारी दिए । उनका अनुसार यो खोप देश भरिका सात वटै प्रदेशका स्थानिय तहमा रहेका विद्यालयका ३४ हजार ३५४ खोपकेन्द्रबाट दिइने छ । डा. लालले भने, ‘ विद्यालयमा खोप लगाउन छुटेकालाई नजिकको स्वास्थ्य केन्द्रमा पनि खोप लगाउन सकिने छ ।’
खोप साखा प्रमुख डा. अभियान गौतमले सन् २०१० देखि नेपालमा पोलियोको कुनै केस नदेखिएको भए पनि चुनौति अझै वाकी रहेकाले खोप अभियान सञ्चालन गर्न लागिएको बताए । उनका अनुसार यो अभियानका लागि ग्लोवल भ्याक्सिन अलाइन्स (गाभी) ले ३२ करोड रुपैया बराबरको अनुदान सहयोग र नेपाल सरकारले २५ करोड रुपैया खर्च गर्न लागेको छ ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितले दक्षिण पूर्वि एशियाका दुई देश पाकिस्तान र अफगानिस्थानमा अहिले पनि पोलियोका विरामी देखा परेकाले नेपाल पनि पोलियोको जाखिममा रहेकाले खोप अभियान सञ्चालन गर्नु परेको बताउदै खोप अभियानका विषयमा सत्य, तथ्य सूचना सम्प्रेषण गर्न हुन सञ्चारकर्मीलाई आग्रह गरे । निर्देशक पण्डितले विफर उज्मुलन गरे जस्तै नेपाल सरकार पोलियो उन्मुलन गर्न पनि सक्षम रहेको बताउदै अवको केही वर्षमै पोलियो उन्मुलन हुने विश्वास व्यक्त गरे ।
व्यवस्थापन महासाखाका निर्देशक डा. श्रवण थापाले खोपको खरिद प्रकृया र यसको पारदर्शीताका विषयमा जानकारी गराउदै गाभीले प्रदान गर्ने खोप गुणस्तरीय हुने बताए । नेशनल पोलियो प्लसका अध्यक्ष रोटरियन रत्नमान शाक्यले पोलियो उन्मुलन अभियानमा रोटरीले सधै सहयोग गर्दै आइरहेको बताए ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक शिला श्रेष्ठले खोप अभाव र विविद् कारणले खोप पाउनबाट बन्चित बालबाललिकालाई लक्षित गरेर अभियान सञ्चालन गर्न लागिएको बताउँदै यो अभियानमा स्थानिय सरकार, स्वास्थ्यकर्मी, अभिभावक, शिक्षक, नागरिक समाज र सञ्चार जगतको अहं भूमिका रहेकोमा जोड दिइन । कार्यक्रम राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुर्तिजन्य पदार्थ उत्पादकले राजश्व नीति प्रभावित पार्न खोजेकोमा प्रतिष्ठानको आपत्ति
Next article मधुमेहबाट बच्ने पाँचवटा सूत्र

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134429
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web