• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुर्तिजन्य पदार्थ उत्पादकले राजश्व नीति प्रभावित पार्न खोजेकोमा प्रतिष्ठानको आपत्ति

May 22nd, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुर्तिजन्य पदार्थ उत्पादकले राजश्व नीति प्रभावित पार्न खोजेकोमा प्रतिष्ठानको आपत्ति

हेल्थ टुडे,
काठमाडौं, ९ जेठ : सुर्तिजन्य पदार्थ उत्पादकहरुले राजश्व नीति प्रभावित पार्न खोजेको भन्दै नेपाल विकास अनुसन्धान प्रतिष्ठानले आपत्ति जनाएको छ । प्रतिष्ठान सुर्तिजन्य पदार्थ विरुद्वका क्षेत्रमा कार्यरत संस्था हो । नयाँ आर्थिक वर्षको बजेट निर्माणमा सरकार जुटीरहेको बेला सुर्ति उद्योगीहरुले राजश्व नीति र कर प्रभावित पार्ने खेलमा उद्योगीहरु लागेको भन्दै प्रतिष्ठानले त्यसको विरोध गरेको हो । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै सरकारका राजश्वका नीतिहरु प्रभावित पार्ने खेलमा उद्योगीहरु सक्रिय रहेको भन्दै त्यसको विरोध जनाएको छ ।
नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघको केही दिन पहिले सञ्चार माध्यममा निकालिएको प्रेस विज्ञप्तिमा करका बारेमा गलत तथ्य सार्वजनिक गरेर प्रभावित पार्न खोजिएको प्रतिष्ठानका सुर्तिजन्य पदार्थ नियन्त्रण कार्यक्रम संयोजक डा.जयकुमार गुरुङले बताएका छन् । विश्व स्वास्थ्य संगठनले चुरोट लगायतका धुम्रपानजन्य सामाग्रीहरूको अधिकतम् खुद्रा मूल्यमा ७५ प्रतिशतसम्म करको अंश हुनु पर्दछ भन्ने मान्यता राख्दछ । तर नेपालमा सुर्तिजन्य पदार्थका त्यसको आधा समेच कर लगाइएको छैन । नेपाल सरकारले दक्षिण एशियाका अन्य देशहरुको तुलनामा सबैभन्दा कम कर लिइरहेको अवस्थालाई बेवास्ता गर्दैै तथ्य तोडमतोड गरेर धेरै कर लिइरहेको भाव दिने सन्देश सम्प्रेषण गरिएको प्रतिष्ठानले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनले नै आफ्ना सदस्य राष्ट्रहरूले धुम्रपानजन्य उत्पादनहरूमा के कति कर लगाएको छ भनेर तथ्याङ्क संकलन गर्ने र गणना गरेर एकिकृत सूचना प्रकाशित गर्ने गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । राज्यले सुर्तिजन्य पदार्थमा कर बढाउनु पर्ने प्रतिष्ठानले सुझाव दिएको छ । सुर्तिउद्योगीहरुले कर नबढाउन अर्थ मन्त्रालय र बजेटसंग सरोकार राख्ने कर्मचारी र नेताहरुलाई प्रभावित गर्दै आइरहेका छन् । गत वर्ष तत्कालिन स्वासथ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सुर्तिजन्य पदार्थमा कर बढाउने दावी गर्दै आए पनि उनीहरुले अर्थ मन्त्रालयका कर्मचारी र नेतृत्वलाई प्रभावमा पारेर कर बढाउनबाट रोक्न सफल भएका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पोलियो विरुद्वको खोप अभियान जेठ १३ देखि २६ सम्म सञ्चालन हुने
Next article नेपालहेल्थप्रेसको प्रधान सम्पादकमा अतुल मिश्र नियुक्त

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133139
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

42
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web