• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ईसान बाल अस्पतालमा ११ वर्षकी बालिकाको पेडियाट्रिक युरोलोजीको जटिल शल्यक्रिया

June 14th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ईसान बाल अस्पतालमा ११ वर्षकी बालिकाको पेडियाट्रिक युरोलोजीको जटिल शल्यक्रिया

हेल्थ टुृडे,
काठमाडौ, ३२ जेठ : टोखा ४ स्थित ईसान बाल तथा महिला अस्पतालमा ११ वर्षिय तृष्णा थापाको जटिल किसिमको पेडियाट्रिक युरोलोजीको शल्यक्रिया गरिएको छ । अस्पतालका निर्देशक समेत रहेका वरिष्ठ बाल शल्य चिकित्सक प्रा. डा. आर.पी, चौधरी नेतृत्वको टीमले उनको दुर्लभ मानिने पेडियाट्रिक युरोलोजीको शल्यक्रिया गरेको हो । ईसान बाल अस्पतालले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै यस किसिमको जटिल प्रकृतिको युरोलोजीको शल्यक्रिया नेपालमै पहिलो पटक गरिएको दावी गरेको छ ।
डा. चौधरीका अनुसार सानो आन्द्राबाट पिसावको थैली ठूलो बनाएको, दुईवटै मिर्गौलाका नलीहरुमा पिसाव नफर्कने शल्यक्रिया, पिसाव थैलीको तल्लो प्वाल बन्द गरेको र एपेन्डिक्सलाई प्रयोग गरि पिसाव निकाल्ने कृतिम नली बनाउने शल्यक्रिया समेत गरेर एकै पटक चार किसिमका शल्यक्रियाहरु सफलताका साथ सम्पन्न भएको हो । डा. चौधरीका अनुसार उक्त शल्यक्रिया गर्न १० घण्टा लागेको थियो । रामेछाप घर भएकी ११ वर्षिय तृष्णाको जन्मेको ९ दिनमै पहिलो पटक शल्यक्रिया गरिएको थियो । उनलाई पिसाव थैली, पिसाव नली र पिसाव चुहिने लगायतका समस्या थिए । डा. चोधरीले भने, ‘ ईसान बाल अस्पतालमा यति जटिल किसिमको शल्यक्रिया गर्न सक्यौ । अहिले तृसनाको स्वास्थ्य अवस्था समान्य छ । यो अस्पतालका लागि पनि खुशीको कुरा हो ।’ तृष्णाका बुबा सन्तोष थापाले पनि छोरीको जटिल किसिमको रोगको शल्यक्रिया स्वदेशमै गर्न पाएको खुशी लागेको बताए । डा. चोधरीका अनुसार यस किसिमको समस्या १० हजार जना मध्ये एक जनामा हुने गर्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बालेनको घोषणा : काठमाडौं महानगरभित्र धूम्रपान, मद्यपान र लागु औषध प्रयोग निषेध
Next article स्वास्थ्य मन्त्री यादवद्वारा नारायणी अस्पतालको अनुगमन, सेवा सुधार्न निर्देशन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134198
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

143
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

147
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web