• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

लायन्स र डब्लूएफपीको सहकार्यमा जाजरकोट र सुर्खेतमा विद्यालय दिवाखाजा कार्यक्रम सुरु

July 18th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
लायन्स र डब्लूएफपीको सहकार्यमा जाजरकोट र सुर्खेतमा विद्यालय  दिवाखाजा कार्यक्रम सुरु

हेल्थ टुडे,
काठमाडौं,३ साउन : लायन्स क्लव इन्टरनेशनल फाउण्डेसन र संयुक्त राष्ट्रसंघिय विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) को सहयोगमा कर्णाली प्रदेशको जाजरकोट र सुर्खेतमा स्थानिय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम सुरु गरिएको छ । उक्त कार्यक्रमबाट यी दुई जिल्लाका १४ पालिकाका ८ सय विद्यालयमा अध्ययनरत ९० हजार विद्यार्थी लाभान्वित हुने छन् ।
उक्त कार्यक्रमको बिहीबार राजधानीमा आयोजित विशेष कार्यक्रममा शुभारम्भ गरिएको छ । उक्त कार्यक्रमको शिक्षा मन्त्रालयका प्रतिनिधि दिपक शर्मा, डब्लूएफपीका कन्टी डाइरेक्टर रोवर्ट कास्का, लायन्स क्लव इन्टरनेशनल फाउन्डेसनका अध्यक्ष फाब्रिसियो ओलिभेरा र लायन्स क्लव इन्टरनेशनलका इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले संयुक्त रुपमा शुभारम्भ गरेका हुन । उक्त दिवा खाजा कार्यक्रममा कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरु स्थानिय स्तरमै उत्पादन भएका खानेकुरा खुवाइने छ । लायन्स क्लव इन्टरनेशनल फाउन्डेसनका अध्यक्ष फाब्रिसियो ओलिभेराले यो कार्यक्रमले स्थानिय उत्पादनलाई महत्व दिनुका साथै विद्यार्थीहरुको पोषणको अवस्थामा सुधार आउने बताए ।
यो कार्यक्रमबाट स्थानिय कृषक समेत लाभान्वित हुनेमा उनले जोड दिए । लायन्स क्लव इन्टरनेशनलका इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले स्थानिय उत्पादनलाई प्रोत्साहित गर्ने यो नौलो किसिमको कार्यक्रम भएको बताए । विश्व खाद्य कार्यक्रम अमेरिका र लायन्स क्लव ईन्टरनेशनल फाउण्डेसनले संयुक्त राष्ट्रसंघिय विश्व खाद्य कार्यक्रमको लागि नेपाल सहित चार देशका लागि विद्यालय दिवा खाजा कार्यक्रम सञ्चालन गर्न ४० लाख अमेरिकी डलर सहायता दिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य सेवा सुधार्न स्वास्थ्य मन्त्री पौडेलले मागे इमेल र ह्वाट्सएपबाट सुझाव
Next article पुर्व प्रधानमन्त्री चन्दको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री लेखक पुगे वीर अस्पताल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134310
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

16
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web