• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 25th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ट्रमा सेन्टरमा अत्याधुनिक उपकरण सहित फिजियो थेरापी सेवा बिस्तार

July 30th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ट्रमा सेन्टरमा अत्याधुनिक उपकरण सहित फिजियो थेरापी सेवा बिस्तार

हेल्थ टुडे,
काठमाडौं, १५ साउन : राष्ट्रिय ट्रमा सेन्टरले अत्याधुनिक उपकरण सहित फिजियोथेरापी सेवा बिस्तार गरेको छ । १० शैयाको फिजियोथेरापी विभागमा सिपिएम (कन्टिनियोस पेसिभ मोसन) र बिएफआर (ब्लड फ्लो रेस्ट्रिक्सन) लगायतका अत्याधुनिक उपकरण थप गरेर फिजियोथेरापी सेवा विस्तार गरिएको फिजियोथेरापी विभाग प्रमुख फिजियोथेरापिस्ट प्रविणकुमार यादवले जानकारी दिए ।
यादवका अनुसार विभिन्न कारणले हातको जोर्नी जाम भएमा वा मासु सुक्दै गएको अवस्थामा यी उपकरणको सहायताले फिजियोथेरापी मार्फत सहज रुपमा उपचार गर्न सकिन्छ । यसका साथै घुँडाको सल्यक्रियापछि र काँध वा कुहिनाका जोर्नीहरुको उपचार गर्दा पनि सिपिएम प्रभावकारी रहेको यादवले जानकारी दिए । बिएफआर मार्फत माशुको घनत्वमा सुधार ल्याउन सकिन्छ ।

यादवका अनुसार ट्रमा सेन्टरमा थप गरिएको सिपिएमलाई मोवाइल डिभाइसको माध्यमबाट पनि सञ्चालन गर्न सकिन्छ । यस किसिमको उपकरण ट्रमा सेन्टरले नेपालमै पहिलो पटक सञ्चालनमा ल्याएको यादवको दावी छ । यादवले भने, ‘ यस किसिमको उपकरण निजी र सरकारी कुनै पनि फिजियो थेरापी सेन्टरमा अहिलेसम्म उपलब्ध छैन । नेपालमा पहिलो पटक ट्रमा सेन्टरले सञ्चालनमा ल्याएको छ । ’

फिजियो थेरारी विभागमा अत्याधुनिक थेरापी मेसिन थप गरि सेवा सञ्चालन भएपछि उपचारका लागि दूरदराजबाट ट्रमा सेन्टर आउने गरेका हजारौ विरामीले सर्वसुलव रुपमा फिजियोथेरापी सेवा पाउने राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.रुद्र मरासिनीले बताए । डा. मरासिनीले भने,‘ विरामीको गुणस्तरीय उपचारका लागि हामीले ट्रमा सेन्टरमा विभिन्न सेवा सुविधा वृद्घि र सेवाको गुणस्तरमा ध्यान दिएका छौ । फिजियोथेरापी सेवा बिस्तारसँगै हालै मात्र अत्याधुनिक मोड्युलर ओटी सञ्चालनमा ल्याएका छौ । ५ वटा ओटी भएकोमा अब ७ वटा ओटी सञ्चालनमा ल्याएका छौ । यसले सहज उपचारमा सहयोग पुग्नेछ ।’ फिजियो थेरापी सेवा बिस्तारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विनियोजन गरेको करिव ८ं० लाख रुपैयाको लागतका यी फिजियो थेरापी उपकरण खरिद गरिएको हो ।
ट्रमा सेन्टरको फिजियो थेरापी विभागमा दैनिक १०० जनाले फिजियोथेरापी सेवा लिने गरेका छन् । २०० शैया क्षमताको ट्रमा सेन्टरले अदेश भरिका दुर्घटना लगायत गम्भिर प्रकृतिका चोटपटकका बिरामीको उपचार गर्दै आइरहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article महिलाको स्वास्थ्यभन्दा छोरो जन्मनु ठूलो कसरी भयो ?
Next article केन्द्रीय कारागारका महिलाकालागि नि: शुल्क आँखा तथा मुख स्वास्थ्य शिविर

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 25th 11:56 AM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८ औं कलेजो प्रत्यारोपण सफल

Aug 25th 11:42 AM
समाचार

पाँच महिना बित्दा पनि सकिएन स्वास्थ्यमा सरुवा : नीति योजनामा डा. विवेक र क्षयरोगमा डा. गुणनीधि

Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134266
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

97
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

100
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web