• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 6th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सरकारी अस्पतालमा सम्भव नभएका क्यान्सर नमूना जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने

August 30th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सरकारी अस्पतालमा सम्भव नभएका क्यान्सर नमूना जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने

हेल्थ टुडे,
काठमाडौं, १४ भदौ : देशका सरकारी क्यान्सर अस्पतालको ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने भएको छ । संघअन्तर्गतका भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा सम्भव नहुने ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट गराउन मन्त्रालयमा दुवै पक्षबीच सम्झौता सम्पन्न भएको हो ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेको क्यान्सर नमूना यसअघि नै प्रयोगशालाले परीक्षण थालिसकेको छ । बाँकी दुई अस्पतालको ल्याब परीक्षणका लागि प्रयोगशालाका निर्देशक डाक्टर रन्जन भट्टले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा अस्पतालसँग सम्झौता गरेका हुन् ।
यस अघि ती अस्पतालहरुमा सम्भव नभएका परीक्षणका लागि बिरामी आफैंले निजी ल्याब तथा भारतसम्म धाउनुपर्ने अवस्था थियो ।
तर , अब तीनवटा संघका अस्पताल अनि पाँच प्रदेशमा रहेका विस्तारित अस्पतालका नमूना प्रयोगशालाले परीक्षण गर्ने भएको हो ।
यसैगरी, ती अस्पतालहरूका ल्याबको स्तरोन्नतिका लागि समेत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सहकार्य गर्ने भएको छ । यस कार्यसँगै नागरिकले क्यान्सर परीक्षणमा व्यहोर्नुपरेको झन्झट र खर्चमा केहि कमी आउने मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले बताए ।
क्यान्सर उपचार पाँच प्रदेशमा विस्तार गरेर सबै प्रदेशमा पुर्याउन सक्रियता लिएका मन्त्री पौडेलले ल्याब नमूना सहज र कम खर्चमा गर्न प्रयोगशालामार्फत यस्तो सम्झौता गराउन अग्रसरता लिएका हुन् ।
सम्झौतापछि सामाजिक सन्जालमा मन्त्री पौडेलले लेखेका छन्, ’भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा सम्भव नहुने ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट गराउने प्रबन्ध गर्न आज मन्त्रालयमा दुवै पक्षबीच सम्झौता गरेका छौँ । अब भएका सबै सरकारी क्यान्सर अस्पतालबाट यस्तो सुविधा मिल्नेछ ।’
अस्पतालहरूका ल्याबको स्तरोन्नतिका लागि प्रयोगशालाले सघाउनेछ । यस कार्यसँगै नागरिकको क्यान्सर परीक्षणका लागि हुने झन्झट र खर्च केही कम हुने मन्त्री पौडेलले उल्लेख गरेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य मन्त्री पौडेललाई कार्यदलले बुझायो प्रतिवेदन
Next article बिदाको दिन सरकारी अस्पतालमा ओपीडी सञ्चालन गर्न स्वास्थ्यको परिपत्र

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 5th 8:11 AM
समाचार

निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

Jun 4th 7:58 AM
समाचार

डा.केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति

Jun 4th 7:32 AM
समाचार

चिकित्सक संघ, रोटरी क्लव र डब्लूएचओको पहलमा सर्पदंश रोकथाम सम्वन्धी कार्यशाला सम्पन्न

Jun 3rd 12:24 PM
समाचार

विश्व ब्रेन ट्युमर दिवसका अवसरमा नर्भिकले निःशुल्क ओपीडी सञ्चालन गर्ने

Jun 3rd 12:13 PM
समाचार

मेड आईक्यूले ल्यायो ‘हस्पिटल अपरेटिङ सिस्टम’ नामक आधुनिक सफ्टवेयर

Jun 1st 9:20 AM
समाचार

नेपाल र किम्स अस्पतालबीच स्वास्थ्य सेवामा सीप र क्षमता अभिवृद्धिका लागि सहकार्य

May 31st 5:22 PM
समाचार

अनलाईन खवरका स्वास्थ्य पत्रकार चौलागाई सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:14 PM
समाचार

हेल्थ टिभीअनलाइनकी सम्पादक आचार्य सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131561
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

14
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

13
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web