हेल्थ टुडे,
काठमाडौं, १९ माघ : स्वास्थ्य प्रर्वद्वन शिक्षा संघ, नेपालको अध्यक्षमा सुदूरपश्चिम प्रदेश स्वास्थ्य प्रर्वद्वन केन्द्रका प्रमुख हेमराज खड्का चयन भएका छन् । स्वास्थ्य प्रर्वद्वन शिक्षा संघ, नेपालको शनिबार राजधानीमा सम्पन्न भएको सातौं साधारण सभाले खड्काको नेतृत्वमा ११ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो । संघका अध्यक्ष डा.सालिकराम धिताल तथा प्रा. रत्नकुमार गिरीको प्रमुख आतिथ्यमा सम्पन्न सभाले संघको उपाध्यक्षमा विनोदकुमार अर्याल र महासचिवमा कुन्जप्रसाद जोशी चयन भएका छन् । त्यसैगरि सचिवमा रामकुमार श्रेष्ठ र कोषाध्यक्षमा थलेन्द्रप्रसाद पंगेनी रहेका छन् । संघको कार्य समिति सदस्यमा शिला श्रेष्ठ, अरुण ज्ञवाली, लोकराज पाण्डे, रागिनी कक्षपति, केशवराज जोशी र ऋषिराज शर्मा चयन भएका छन् । संघ स्वास्थ्य प्रर्वद्वनसंग सम्बन्धित गुणस्तरिय तथा प्रभावकारी स्वास्थ्य सेवा प्रवाह तथा स्वास्थ्य जिवनशैलीका लागि नीतिगत व्यवस्था गर्न स्वास्थ्य सेवाको हेल्थ एजुकेशन समूहमा कार्यरत स्वास्थ्य कर्मीहरुको पेशागत हक अधिकारका लागि पैरवि तथा संवाद गर्न विसं २०७० सालमा गठिन मुनाफा रहित संस्था हो । नव निर्वाचित खड्का संघका पुर्व उपाध्यक्ष हुन ।
Leave a Reply