हेल्थ टुडे,
काठमाडौं, २१ माघ : नेपाल निजामती कर्मचारी युनियन अन्तर्गतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विभागिय कार्यसमितिको अध्यक्षमा प्रदिप केसी निर्विरोध चयन भएका छन् । उनी शुक्रराज सरुवा रोग अस्पताल टेकुमा कार्यरत छन् । शनिबार भएको विभागिय अधिवेशनले उपाध्यक्षमा सवित्रा भट्ट र डा. लाल बहादुर शाहलाई चयन गरेको छ । त्यसैगरि कार्यसमितिको सचिवमा रुपा राना र पासाड विसी तथा कोषाध्यक्षमा सरस्वती कोइराला चुनिएका छन् । सदस्यहरुमा अच्युतहरि कोइराला, कमल कुवर क्षेत्री, ईश्वरी भुषाल, डा. पुनेश्वर केसरी, रन्जितकुमार झा, लालबहादुर वाइवा, सिता भुषाल, तिर्थशोभा नकर्मी, सञ्जयकुमार शाह र सन्जय कर्ण रहेका छन् ।
त्यस्तै केन्द्रीय प्रतिनिधिहरुका स्वास्थ्य शिक्षा,सूचना तथा सञ्चार केन्द्रमा कार्यरत तेजबहादुर लामिछिाने, विश्ववन्धु रेग्मी, शंकर पाण्डे, धिरज रौनियार, दिपेन्द्र सुनार र पवित्रा ढकाल रहेका छन् । विभागिय अधिवेशनको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उदघाटन गरेका थिए । नज निर्वाचित कार्य समितिले सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
Leave a Reply