• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
अन्तर्वार्ता

हेल्थ टुडेका सम्पादक जोशीलाई राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको पत्रकारिता पुरस्कार

February 19th, 2025 अन्तर्वार्ता 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest


हेल्थ टुडे,

काठमाडौं, ६ फागुन : हेल्थ टुडेका सम्पादक पदमराज जोशीलाई यस वर्षको राधा क्यान्सर सचेतना तथा महिला हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । राधा क्यान्सर सचेतना फाउण्डेसनले हरेक बर्ष प्रदान गर्ने २० हजार रूपैयाँ राशीको राधा क्यान्सर सचेतना तथा महिला हिंसाविरूद्वको राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि यस वर्ष ‘हेल्थ टुडे पत्रिका’का सम्पादक जोशी छनोट भएका हुन् ।

जोशी विगत २० वर्षदेखि स्वास्थ्य विधामा कलम चलाइरहेका छन् । पत्रकारितामा एमफिल गरेका जोशीले यस अगाडि विभिन्न राष्टिय र अन्तर्राष्टिय स्तरका आधा दर्जन भन्दा बढी पुरस्कार प्राप्त गरिसकेका छन् । पुरस्कार वितरण कार्यक्रम फागुन ९ गते शुक्रबार बिहान ७ बजे कावासोती २ सिमलघारी स्थित लक्ष्मी नारायण मन्दिर परिसरमा हुने जनाइएको छ । गण्डकी प्रदेशका पूर्व कानुनमन्त्री तथा सांसद रोशन बहादुर गाहाको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने भएको फाउण्डेशनका अध्यक्ष प्रकाश बस्यालले जानकारी दिए । फाउन्डेसनका परिकल्पनाकार स्व राधा बस्यालको जन्मजयन्तीको अवसर पारेर हरेक बर्ष फागुन ९ गते एक जना पत्रकारलाई सम्मान गर्दै आएको छ ।

विसं २०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो । एक दशकभन्दा लामो समयदेखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकी राधाले वैवाहिक जीवनपछि व्यक्तिगतरूपमा घरेलु हिंसा र क्यान्सरसँग लड्दै आएकी थिइन् । काठमाडौंको न्यूरोडमा रहेको हनुमान ढोका सहकारीका ब्यवस्थापक अस्मिन भट्टराईसँग २०७४ साल फागुन ३० गते राधाको विवाह भएको थियो । तर विवाह कै दिनदेखी उनका श्रीमानले शारीरीक र मानसिक यातना दिएका थिए । श्रीमानको कुटाईबाट थलापरेकी राधा विसन्चो भएपछि अस्पताल पुगेकी थिइन् ।

त्यसै बेला उनलाई स्तन क्यान्सरको पुष्टि भएको थियो । त्यसपछि विगत दुई बर्षसम्म भारतको राजिव गान्धि क्यान्सर अस्पतालमा तिन तिन महिनामा फलोअप गर्ने क्रम चलीरहेको थियो । राधा मृत्युको शैयामा छट्पटाइ रहँदा उनको श्रीमानसँग सम्बन्ध विच्छेदको मुद्धा पनि चलिरहेको थियो । अदालतले अस्मिनकै नाममा स्टे अर्डर समेत जारी गरेको थियो । तर कार्यान्वयन भएन। राधाले बिहेपछि नियमित गर्दै आएको पत्रकारितालाई बिट मारेकी थिइन तर निरन्तर डाक्टरको सल्लाह र औषधि उपचारले राधा तंग्रदै पनि थिइन । त्यसबिचमा रोकीएको रेडियो पत्रकारीता फेरी सुरु गरीन् ।

अस्पतालले मृत्युको मिती तोकि सक्दा समेत राधाले उपचारसँगै क्यान्सर सचेतना र महिलाहिंसा बिरुद्धको नयाँ यात्रा पनि तय गरिन् । आफु जति दिन बाच्छु यसबारे जनचेतना जगाउँछु एक जना दुई जना गर्दै सबै माझ क्यान्सर पनि समयमै थाहा पाए सक्रिय जिवन जिउन सकिन्छ भन्ने सचेतनाका फैलाउने संकल्प लिएर क्यान्सरबाट थलिएकी राधा मुडुल्लो टाउको लिएर गाउँ–गाँउ पुगेकी थिइन् ।

अस्पातलले क्यान्सरको चौथो स्टेजमा रहेको र बढिमा ६ महिनामात्र बाच्ने मिती तोकिसकेको थियो तर राधाको साहसले चिकित्सा विज्ञानलाई पराजीत गर्दै थप साढे दुई वर्ष बाँचिन । त्यो अविधिभर राधाले धेरै पिडाहरुसँग जुध्नु परे पनि क्यान्सर सचेतना र महिलाहिंसा बिरुद्धको आवाज संचार माध्यम लगायत स्वयमंले पनि दिन सफल भइन फलस्वरुपे राधा क्यान्सर सचेतना फाउण्डेशन जन्मिएको हो । बस्यालको निधनपछि फाउन्डेसनलाई उनका भाइ पत्रकार प्रकाश बस्यालले निरन्तरता दिएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपाल मेडिकल काउन्सिलमा रिक्त रहेको पाँच सदस्य पदमा नियुक्ती
Next article प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार : चिकित्सा विधातर्फ मुटुरोग विज्ञ डा.ओममूर्तिलाई

Health Today Nepal

Related Posts

सामाजिक  स्वास्थ्य सुरक्षा

सामाजिक स्वास्थ्य सुरक्षा

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

Leave a Reply Cancel reply

Timeline
Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134064
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

133
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

131
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web