हेल्थ टुडे,
काठमाडौं, २७ फागुन : स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा टंक बाराकोटी नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १२ औं तहका चिकित्सक डा बाराकोटीलाई महानिर्देशक नियुक्त गरेका हुन । विभागका महानिर्देशक डा. विकाश देवकोटालाई गत हप्ता सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको सचिव बनाए पछि महानिर्देशक पद रिक्त थियो । डा. वाराकोटी मन्त्रालयमा अतिरक्त सचिवको रुपमा कार्यरत थिए । उनले भोली पद बहाली गर्ने मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा.बाराकोटी नियुक्त

Leave a Reply