• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विपद् जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी निर्देशक भट्टद्वारा पदभार ग्रहण

March 18th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विपद् जोखिम न्यूनीकरण प्राधिकरणका  कार्यकारी निर्देशक भट्टद्वारा पदभार ग्रहण


हेल्थ टुडे,

काठमाडौं, ५ चैत : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक ई.दिनेशप्रसाद भट्टले मंगलबार पदभार ग्रहण गरेका छन् । सिंहदरवार स्थित प्राधिकरणको कार्यालय पुगेर भट्टले पदभार ग्रहण गरेका हुन । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले एक नम्बरमा सिफारिस भएका बैतडीका वातावरणविद् भट्टलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । पदभार ग्रहण कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक भट्टले विपद् पूर्वतयारी र जोखिम न्यूनीकरणका प्रयासहरुमार्फत् जनधनको क्षति कम गर्न ठोस योजना सहित आफु लाग्ने बताए ।
प्राधिकरणको अहिलेको जनशक्ति प्रयाप्त नभएको बताउदै प्राधिकरणको उद्देश्य अनुसार प्रतिफल दिन पर्याप्त जनशक्ति व्यवस्थापनमा आफ्नो ध्यान रहनेमा उनले जोड दिए ।
भट्ट इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका पुव उपप्राध्यापक हुन । पुल्चोक क्याम्पसबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका भट्टले पुल्चोक क्याम्पसबाटै वातावरणीय सिभिल इन्जिनियरिङमा स्नातकोत्तर गरेका हुन । भट्ट जलवायु परिवर्तन विषयमा विद्यावारिधि गर्दैछन् । भट्टका सिभिल इन्जिनियरिङ , वातावरण र जोखिम न्यूनिकरण सम्बन्धी करिव आधा दर्जन पुस्तक प्रकाशित छन् ।
प्राधिकरणको रिक्त सीईओका लागि सरकारले गत मंसिर १४ गते नियुक्तीका लागि दरखास्त आव्हान गरेको थियो । योग्यता, तालिम, अनुभव र विज्ञताका आधारमा छनौट समितिले एक नम्बरमा भट्टको नाम मन्त्रीपरिषद् समक्ष सिफारिस गरेको थियो । बैतडीको दरशरथचन्द नगरपालिका ५ नोहाटमा जन्मेका भट्टले एसएलसीसम्मको शिक्षा गृह जिल्ला बैतडीमै पुरा गरेका थिए भने प्रमाण पत्र तहको शिक्षा भारतको पिथौरागडबाट पुरा गरेका थिए । पढाईमा अब्बल भट्टले छात्रवृतिमै आफ्नो अध्ययन सकेर इन्जिनियरिङ विषय प्राध्यापनमा दुई दशक विताएका छन् । भट्टले संयुक्त राष्ट्र संघका विभिन्न निकाय सहित सरकारी र गैरसरकारी निकायमा परामर्शदाताका रुपमा पनि वातावरण र विपत व्यवस्थापनका बिषयमा काम गरिसकेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक : सधैका लागि सबैकालागि स्वास्थ्य बिमा
Next article ‘निक साईमन्स अवार्ड–२०२४’ धादिङका जनस्वास्थ्य निरीक्षक रविन थापालाई

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133185
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

35
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web