• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

रेविकाको उपचारकोलागि कोटेश्वर क्याम्पसद्वारा ३५ हजार रुपैया सहयोग

April 3rd, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
रेविकाको उपचारकोलागि कोटेश्वर क्याम्पसद्वारा ३५ हजार रुपैया सहयोग

हेल्थ टुडे,
काठमाडौं, २१ चैत : एक हप्ता अगाडि चैत १५ गतेको आन्दोलनका दिन कार्यालयबाट डेरा फर्कने बेला अनाहकमा कोटेश्वरमा प्रहरीको गोली लागेर गम्भिर भएकी रेविका खत्रीको उपचारका लागि कोटेश्वर बहुमुखी क्याम्पसले ३५ हजार रुपैया आर्थिक सहयोग गरेको छ । स्वतन्त्र विद्यार्थी युनियन र क्याम्पसको तर्फबाट उक्त सहयोग रकम बिहीबार रेविकाको बुबालाई हस्तान्तरण गरिएको हो । कोटेश्वर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. प्रकाश पोखरेल र स्वतन्त्र विद्यार्थी युनियनका सभापति संञ्जय बुढाथोकीले सिभिल अस्पताल मिनभवन पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन । रेविका कोटेश्वर बहुमुखी क्याम्पसमा व्यवस्थापन संकाय तेश्रो वर्षमा अध्ययन विद्यार्थी हुन । उनको मिन भवनस्थित सिभिल अस्पतालको सघन उपचार कक्ष (आईसियू) मा उपचार भइरहेको छ । यसका साथै रेविकाको बाकी पढाई नि:शुल्क गर्ने समेत कोटेश्वर क्याम्पसले निर्णय गरेको क्याम्पस प्रमुख डा. पोखरेलले जानकारी दिए । रेविकाको उपचारको जिम्मा सरकारले लिनु पर्ने र आन्दोलनमा सहभागी नै नभएको निर्दोश विद्यार्थी माथि गोली हान्ने माथि कडा कारवाहीको माग गर्दै स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा कोटेश्वर क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले दिनहू प्रदर्शन गरिरहेका छन् । स्ववियू सभापति बुढाथोकीले रेविकाको उपचारमा कुनै कमि हुन नदिन आफुहरुले सक्दो सहयोग र सरकारलाई खबरदारी गरिरहने बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पीजीको म्याचिङविरुद्ध दायर रिटमा सर्बोच्चद्धारा चिकित्सा शिक्षा आयोगका नाममा कारण देखाउ र अल्पकालीन अन्तरिम आदेश जारी
Next article स्वास्थ्य बीमा बोर्डले जारी ग¥यो ४५ बुँदे श्वेतपत्र, बजेटसँगै कर्मचारी अभाव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132127
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web