• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अन्धोपन निवारणको क्षेत्रमा स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

May 17th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अन्धोपन निवारणको क्षेत्रमा स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

हेल्थ टुडे,
काठमाडौं, जेठ २ : नेपालबाट अन्धोपन निवारण गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल नेत्रज्योति संघका बिच समझदारी गरिएको छ । शुक्रबार मन्त्रालयमा उक्त समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको उपस्थितीमा भएको उक्त समझदारी पत्रमा मन्त्रालयका तर्फबाट स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा.कृष्ण प्रसाद पौडेल र नेत्रज्योति संघको तर्फबाट महासचिव भरतबहादुर चन्दले हस्ताक्षर गर्नु भएको छ ।
सम्झौता अनुसार मन्त्रालयले नेत्रज्योति संघबाट कार्यक्रम संचालन भइरहेका जिल्लाहरूमा आँखा उपचार सेवा कार्यक्रम संचालनको लागि प्रदेश सरकार तथा स्थानीय सरकारलाई आवश्यक समन्वय तथा सहजीकरण गर्नेछ भने नेत्रज्योति संघले नेपालमा आँखा स्वास्थ्य सेवाको पहुँच नपुगेका स्थानहरूमा आँखा उपचार सेवा विस्तार गरी लक्षित समूहलाई थप सहुलियतपूर्ण उपचार सेवा प्रदान गर्नेछ ।
त्यसैगरी मन्त्रालयले नेपालको आँखा उपचार क्षेत्रलाई स्वास्थ्य पर्यटन गन्तव्यका रूपमा विकास गर्न आवश्यक सहजीकरण गर्ने, नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गरेका आँखा स्वास्थ्य सम्बन्धि जनशक्तिहरूलाई आवश्यकता अनुसार नेत्रज्योति संघ अन्तरगतका अस्पतालमा खटाउन सक्ने र प्रचलित नियम कानुन अनुसार तथा जनसंख्या मन्त्रालयबाट भन्सार छुट लगायतका विषयमा सहजीकरण गरिने छ ।
त्यस्तै नेत्रज्योति संघले संघद्वारा सञ्चालित आँखा अस्पतालहरूलाई आँखा उपचार, अनुसन्धान र शैक्षिक केन्द्रको रूपमा विस्तार गरी स्वास्थ्य जनशक्ति सम्बन्धी राष्ट्रिय रणनीति २०७७–२०८७ ले प्रक्षेपित आँखा स्वास्थ्य सम्बन्धी जनशक्तिको उत्पादन गरी नेपालमा आँखा स्वास्थ्य सेवामा पहुँच अभिवृद्वि गर्ने कार्यमा सहयोग गर्नेछ ।
नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा.शैलेश कुमार मिश्रका अनुसार नेपाल सरकारको राष्ट्रिय स्वास्थ्य नीति, २०७६, राष्ट्रिय स्वास्थ्य क्षेत्र रणनैतिक कार्ययोजना २०७९–२०८७ तथा आँखा स्वास्थ्य रणनीति २०७९ वमोजिम नेत्रज्योति संघले मन्त्रालयको सहयोग र सहकार्यमा आँखा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने ।
‘नेपाल सरकारकै सहयोग र निर्देशनमा गैर सरकारी संस्थाद्धारा नेपालमा संचालित आँखा उपचार सेवाले अहिले विश्वमै नाम कमाएको छ, यो समझदारीले नेपालको अन्धोपन निवारणमा महत्वपुर्ण भुमिका खेल्ने विश्वास लिएका छौ’ संघका महासचिव भरतबहादुर चन्दले भन्नुभयो ।
सम्झौतापछि आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री पौडेलले नेपालको आँखा उपचार सेवा स्तरीय र सुपथ भएको भन्दै नागरिकको पहुँच वृद्धिसँगै स्वास्थ्य उपचार पर्यटन केन्द्रका रुपमा विकास गर्न आँखा उपचार सेवाले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन पास भएपछि सुदूरपश्चिमवासी खुशी
Next article फुड सप्लिमेन्ट खाद्य प्रविधि विभागले हेर्छ, कसैको हस्तक्षेप स्विकार्य छैन : कृषि मन्त्री

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134431
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

39
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web