• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन पास भएपछि सुदूरपश्चिमवासी खुशी

May 19th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन पास भएपछि सुदूरपश्चिमवासी खुशी

पदमराज जोशी,
काठमाडौं, ५ जेठ : कैलालीको गेटामा नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय बन्ने निश्चित भएपछि सुदूरपश्चिमवासीमा खुशी छाएको छ । आईतबार संसदले दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८१ पारित गरे पछि सुदूरपश्चिममा बसोबास गरिरहेका वासिन्दा मात्र नभएर काठमाडौं लगायत देश विदेशमा बसोबास गरिरहेका सुदूरपश्चिमवासी खुशी भएका छन् । रोजगारीका लागि कोरियामा रहेका बैतडीका दानसिंह विष्टले फेसवुकमा लेखेका छन्, ‘ गेटामा देशकै पहिलो मेडिकल युनिभर्सिटी बन्ला भन्न पत्याएको थिएन । अब संसदले कानून नै बनाइसकेपछि त कसो नबन्ला ? ’ मेडिकल विश्वविद्यालयले सुदूरपश्चिमको स्वास्थ्यको ढोका नै खोल्ने उनले समाजिक सञ्जालमा लेखेका छन् । काठमाडौंमा प्राध्यापन गर्दै आइरहेका धनगढी अत्तरियाका मनोज पुजाराले लेखेका छन, ‘ गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्न भवन बनिसकेका छन् । उपकरण पनि धमाधम किनिरहेकै छन् । अब , अब अस्पताल चल्नु पर्छ र एमविविएसको पढाई सुरु हुनु पर्छ । ऐन पारित भएपछि त्यो छिट्टै होला भन्ने आशा पलाएको छ । ’ कैलालीको गेटामा सरकारले देशकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने कानून नै पारित गरेपछि अधिकांश सुदूरपश्चिमवासीले आफ्ना समाजिक सञ्जालका वालमा खुशी व्यक्त गर्दै छिट्टै गेटामा अस्पताल र चिकित्सा शास्त्रको पढाई सञ्चालन हुने आशा व्यक्त गरेका छन् । यसकै खुशीयालीमा कैलालीको गेटामा र काठमाडौंको माइतिघरमा समेत सुदूरपश्चिमेलीले दिप प्रज्ज्वलन गरेका छन् । ऐन पारित भएपछि अब कैलालीको गेटामा नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको बाटो खुलेको स्वास्थ्य सेवा विभागका पुर्व महानिर्देशक डा.लक्ष्मीराज पाठकले भने, ‘ ऐन बनाएर मात्र भएन यसका तत्काल कार्यन्वयन गर्ने गरि सरकारले आउदो बजेटमा प्रयाप्त बजेटको व्यवस्था गर्नु पर्छ । ’
विधेयकमा स्वास्थ्य विज्ञानको क्षेत्रमा गुणस्तरीय अध्ययन–अध्यापन, अनुसन्धान र नवप्रर्वतन सम्बन्धी कार्य गर्न तथा सर्वसाधारणलाई सहज रुपमा विशेषज्ञसहितको गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न विशिष्टिकृत विश्वविद्यालयको रुपमा स्थापना गरिएको उल्लेख छ ।
स्थानीयस्तरबाट ०५६ सालमै गेटामा मेडिकल कलेज स्थापनाको प्रयास सुरु भएको थियो । त्यहीँ वर्ष सरकारले ७७ बिघा जग्गा मेडिकल कलेज स्थापनाका लागि उपलब्ध गराए पनि काम अघि बढ्न सकेको थिएन। १० वर्षपछि ०६६ मा सरकारले सम्भाव्यता अध्ययनका लागि राष्ट्रिय योजना आयोगमार्फत ११ करोड रुपैयाँ विनियोजन गरी प्रयास थालेको थियो ।
त्यही बेला सरकारले गेटा मेडिकल कलेज पूर्वाधार विकास समिति समेत गठन गरेको थियो। समितिको अध्यक्षमा चेतराज जोशी र कार्यकारी निर्देशक डाक्टर भीमसिंह तिंकरी नियुक्त भएका थिए । ०६९ सालमा मेडिकल कलेज निर्माणका लागि ८४ बिघा जग्गा छुट्याएर नक्सांकनको काम गरिएको थियो। गेटास्थित सहिद संघारी भीमदत्त पन्त सामुदायिक वन उपभोक्ता समूहले मेडिकल कलेज स्थापना गर्न आफ्नो वन क्षेत्र दिने सहमति गरिसकेको भए पनि वातावरणीय प्रभाव मूल्यांकन र रुख कटानमा अलमल भएको थियो । ०७१ बैशाखमा मेडिकल कलेजको प्रशासनिक भवन निर्माणका लागि ठेक्का भए पनि काम सुरु हुन भने तीन वर्ष कुर्नुपरेको थियो । ०७४ बैशाखमा बल्ल गेटा मेडिकल कलेजको प्रशासनिक, कलेज र अस्पताल भवनको शिलान्यास भयो। सरकारले गेटालाई मेडिकल कलेज स्थापनाको तयारी गर्दा स्थानीयबासी भने मेडिकल विश्वविद्यालय स्थापनाको माग राख्दै संघर्ष समिति नै गठन गरेर आन्दोलनमा उत्रिएका थिए । त्यसपछि सरकार चिकित्सा विश्वविद्यालय स्थापना गर्न तयार भएको हो।
सरकारले ०८० माघ २९ गतेको मन्त्रिपरिषद् बैठकमार्फत् गेटालाई स्वास्थ्य विज्ञान सम्बन्धी विशिष्टिकृत विश्वविद्यालयको रुपमा सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । त्यही निर्णयबमोजिम सरकारले कानुन बनाएर विश्वविद्यालय सञ्चालनको प्रक्रिया अघि बढाएको हो।
हाल गेटामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत ५० शैय्याको अस्पताल सञ्चालनमा छ । यहाँ ६ सय शैय्याको शिक्षण अस्पताल सञ्चालन, शैक्षिक, आवासीय भवनलगायत करिब सात अर्बको लागतमा साना ठूला गरी ५३ वटा सुविधायुक्त भवन निर्माण सम्पन्न भइसकेका छन् । गेटा अस्पतालका कार्यकारी निर्देशक डा. प्रमोद यादवले ऐन पारित हुनु देशकै लागि स्वास्थ्य क्षेत्रको उपलब्धि भएको बताउदै अब चाडै सुदूरपश्चिवासीको स्वास्थ्यको सपना पुरा हुने बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अन्धोपन निवारणको क्षेत्रमा स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
Next article सुर्ती नियन्त्रणमा उल्लेखनिय कार्य गरेवाफत डब्लूएचओद्वारा स्वास्थ्य मन्त्री पौडेल पुरस्कृत

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132521
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

36
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

41
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web