• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

June 27th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

हेल्थ टुडे,
काठमाडौँ, १३ असार : ‘स्वास्थ्य अनुसन्धान र समाचार रिपोर्टिङ’ विषयक एक दिने कार्यशाला सम्पन्न भएको छ ।
स्वास्थ्य पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) र स्वास्थ्य पत्रकार मञ्च, नेपाल (एचजेएफएन)को संयुक्त
आयोजनामा बिहीबार काठमाडौंमा एक दिने कार्यशालाको आयोजना गरिएको हो ।
कार्यशालाको उद्घाटन सत्रमा बोल्दै परिषद्का अध्यक्ष प्राडा नारायण विक्रम थापाले अनुसन्धान र सञ्चारको सहकार्यबाट स्वास्थ्य प्रणाली सुधारको लागि
सहजता हुने बताए । ‘स्वास्थ्य अनुसन्धानको परिणाम आम नागरिक सम्म पु¥याउन मिडियाको महत्वपूर्ण हुने भन्दै स्वास्थ्य पत्रकार मञ्च नेपालले त्यसको
सहजीकरणमा सघाउने विश्वास व्यक्त गरे ।
कार्यशालामा बोल्दै स्वास्थ्य पत्रकार मञ्च, नेपाल (एचजेएफएन) का कार्यवाहक अध्यक्ष बुद्दि कटेलले स्वास्थ्य अनुसन्धानका विषयलाई पत्रकारिताका माध्यमबाट
आम नागरिकलाई कसरी सहज ढंगले पु¥याउँन सकिन्छ ? उपाय के हुनसक्छ भनेर तालीमको आयोजना गरिएको बताए ।
त्यसअघि कार्यशालामा परिषद्का सदस्य सचिव डा प्रमोद जोशीले नेपालमा स्वास्थ्य क्षेत्रको अनुसन्धानको निकाय’ विषयमा प्रस्तुति दिएका थिए । उनले स्वास्थ्य
अनुसन्धानमा पारदर्शिता, उत्तरदायित्व र नीति निर्माणमा जरुरत भएको बताउँदै नैतिकता र तथ्यमा आधारित अनुसन्धानमुलक पत्रकारिताको खाँचो रहेको
बताए ।
कार्यक्रमको दोस्रो सत्रमा प्राडा गणेश दंगाल, बरिष्ठ पत्रकार शिव गाउँले, डिजिटल मिडिया फाउण्डेशनका अध्यक्ष प्रवेश सुवेदी र डा युविन यादवले प्रस्तुति
तथा प्रशिक्षण दिएका थिए ।
कार्यशालामा ‘जनस्वास्थ्यको अनुसन्धान पद्धति सिद्धान्त र अभ्यास’ विषयमा प्राडा दंगालको प्रस्तुति रहेको थियो ।
खोज पत्रकारिताका विज्ञ तथा वरिष्ठ पत्रकार शिव गाउँलले स्वास्थ्यमा क्षेत्रमा खोजी, अनुसन्धान र खबरदारी कमजोर रहेको बताउँदै यसतर्फ ध्यान दिन
स्वास्थ्य पत्रकारहरूको ध्यानाकषर्ण गराए ।
गाउँलले स्वास्थ्यमा कैयौं खोजीका विषयवस्तु रहेको भन्दै सञ्चारमाध्यम र पत्रकारले त्यस्ता विषयलाई उजागर गरी जनस्वास्थ्य सुधारको लागि प्रभावकारी
भूमिका निर्वाह गर्नुपर्ने बताए ।
यस्तै डिजिटल मिडिया फाउण्डेशनका अध्यक्ष प्रवेश सुवेदीले ‘कृत्रिम बौद्धिकता (एआइ) का आधारभूत विषय र मिडियाका नयाँ प्रविधिहरू’ र ‘स्वास्थ्य क्षेत्रको
समाचार रिपोर्टिङमा एआई विधिको प्रयोग’को विषयमा प्रस्तुति दिएका थिए ।
त्यसैगरी अन्तिम सत्रमा डा. युविन यादवले ‘चिकित्सा विज्ञानमा अनुसन्धानको महत्व’ विषयमा प्रस्तुति दिएका थिए ।
कार्यक्रम ४८ बढी स्वास्थ्य पत्रकारहरुको सहभागिता रहेको थियो

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल
Next article स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132708
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web