• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

September 17th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

हेल्थ टुडे,
काठमाडौं, १ असोज : मेडिसिटी अस्पतालले दोश्रो पटक कलेज प्रत्यरोपण गर्न सफल भएको छ । च्यासल ललितपुर निवासी ५२ वर्षीय शान्तमान व्यञ्जनकारको नेपाल मेडिसिटी अस्पतालमा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ । उनलाई आफ्नै श्रीमती ५० वर्षीया नानु व्यञ्जनकारले कलेजो दान गरेको हो ।
विगत ८ वर्ष देखि कलेजो समस्यासँग जुझिरहेका व्यञ्जनकारलाई गत भदौ ४ गते प्रत्यारोपण गरिएको थियो भने उनलाई भदौ २३ गते अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
“मेलै मदिरा सेवन गरेकै कारण मेरो कलेजो बिग्रिएको हो । बिरामी भएर पटक पटक बेहोस हुँदा विभिन्न अस्पतालमा जचाएँ, तर कलेजो पुरै विग्रिइसकेको कारण प्रत्यारोपण नै गर्नुप¥यो,’ व्यञ्जनकारले भने ।
व्यञ्जनकारले प्रत्यारोपणका लागि भारत जाने सोचेका थिए, तर नेपाल मेडिसिटीमा चिकित्सकलाई भटेर सल्लाह लिएपछि यहीँ प्रत्यारोपण गर्ने निधो गरे ।
“भारतको डाक्टरसँग सल्लाह लिँदा नेपालमै उत्कृष्ठ प्रत्यारोपण गर्न सकिने थाहा पाएँ । भारतमा जाँदा ज्यादा खर्च लाग्ने, बस्न तथा यातायातको दुविधा, भाषामा आउने कठिनाई सम्झिएर पनि मेडिसिटीमै उपचार गर्ने निर्णय गरेको हो, ” व्यञ्जनकारले भने ।यस प्रत्यारोपणमा ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी तथा इन्डोस्कोपी विभागका प्रमुख तथा वरिष्ठ कन्सल्ट्यान्ट प्रोफेसर डा. उमिद कुमार श्रेष्ठ, कलेजो प्रत्यारोपण सर्जन डा. रामबाबु साह, डा. सञ्जय कुमार यादव, ट्रान्सप्लान्ट एनेस्थेसियोलोजिस्ट डा. अपूर्व शर्मा, डा. निराजन महासेठ, वरिष्ठ रेडियोलोजिस्ट प्रा.डा. राम कुमार घिमिरे सहितको टोलीले सघाएको हो ।
“नेपाली नागरिकहरूले यस्तो जटिल उपचारका लागि विदेश जानुपर्ने आवश्यकता छैन । नेपालमै उच्चस्तरीय दक्ष चिकित्सक टोली र अत्याधुनिक प्रविधिसहित निरन्तर प्रत्यारोपण सेवा प्रदान गर्दै, यस सफल प्रत्यारोपणले हाम्रो स्वास्थ्य सेवामा नयाँ उपलब्धि जोडेको छ ,” कलेजो प्रत्यारोपण सर्जन, डा. रामबाबु साहले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चाया किन हुन्छ ? र यसको उपचार के ?
Next article मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134431
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

39
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web