• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

September 23rd, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

हेल्थ टुडे,
काममाडौं, ७ असोज : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ अंग प्रत्यारोपण सर्जन डा.पुकारचन्द्र श्रेष्ठ सेवा निवृत भएका छन् । मंगलबारदेखि उनी उमेर हदका कारण सरकारी सेवाबाट सेवा निवृत भएका हुन । विसं २०६९ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत रहेको केन्द्रको स्थापना कालदेखि नै डा.पुकार केन्द्रको निर्देशकको रुपमा कार्य गर्दै आइरहेका थिए । केन्द्रले असोज ७ गते भव्य कार्यक्रमको आयोजना गरि कार्यकारी निर्देशक डा. पुकारको विदाई गरेको छ ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, केन्द्रको सञ्चालक समितिका सदस्य एवं संस्कृतिविद् तिलक कायस्थ, समाजसेवी सोम थापा सहित केन्द्रका कर्मचारीले डा. पुकारको योगदानको कदर गर्दे सम्मान सहित विदाइ गरेको हो । प्रत्यारोपीहरुका तर्फबाट झंक श्रेष्ठ, केन्द्रका कर्मचारीका तर्फबाट डा. कल्पना श्रेष्ठ, स्थानियवासीका तर्फबाट सोम थापा, नागरिक समाजका तर्फबाट मदनकृष्ठ श्रेष्ठले डा. पुकारले कलेजो र मिर्गौला प्रत्यारोपण सेवालाई सून्यदेखि शिखरसम्म पुर्याएर देशलाई अमूल्य योगदानको कदर स्वरुप दोसल्ला ओढाएर सम्मान गरेका थिए । सो अवसरमा डा. श्रेष्ठकी पत्नी नविना श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । विदाई कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले डा. पुकारको सक्षम नेतृत्व र केन्द्रका कर्मचारीको अथक प्रयासका कारण नै केन्द्रले देशकै सबैभन्दा बढी मिर्गौला र कलेजो प्रत्यारोपण गर्ने केन्द्रका रुपमा स्थापित भएको बताए ।

१३ वर्षको अवधीमा १५ सय भन्दा बढी मिर्गौला पत्यारोपण, ३५ जनाको कलेजो प्रत्यारोपण, ७ जनाको मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगदानबाट १३ जनामा मिर्गौला, ४ जनामा कलेजो तथा एक जनामा कलेजो र मिर्गौलाको सफल प्रत्यारोपण गरेर इतिहास रच्न सफल भएकोमा डा. पुकार सहित केन्द्र परिवारलाई धन्यवाद दिए । प्रत्यारोपी झंक श्रेष्ठले डा. पुकारले नेपालको अंग प्रत्यारोपणको क्षेत्रमा दिएको योगदान सबै नेपालीले सधै स्मरण गरिरहने बताउदै डा. श्रेष्ठको अवकास प्राप्त जिवनको शुभकामना व्यक्त गरे । केन्द्रका प्रशासनिक अधिकृत हरिहर पोखरेलले डा. श्रेष्ठ अवकासमा गए पनि केन्द्रलाई उहाँको साथ, सहयोग र सल्लाह सधै प्राप्त भइरहने विश्वास व्यक्त गरे ।
वरिष्ठ नेफ्रोलोजिष्ट डा. कल्पना श्रेष्ठले डा. पुुकारको योगदान सधै स्मरण रहने बताइन । विदाई समारोहलाई सम्बोधन गर्दै सेवा निवृत डा. पुकारले केन्द्रको स्थापनाकाल देखि अहिलेको अवस्थासम्म सहयोग गर्ने व्यक्तिहरुलाई स्मरण गर्दै सबैको साथ र सहयोगले केन्द्रले अहिलेको सफलता प्राप्त गरेको बताए । मिर्गौला प्रत्यारोपणका क्षेत्रमा केन्द्रमार्फत शून्यदेखि शिखरसम्म पुर्याउन केन्द्रका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको योगदानको उच्च मूल्यांकन गर्दै भविश्यमा पनि आफुले सक्दो सहयोग गर्न तत्पर रहेको डा. पुुकारले बताए । सो अवसरमा केन्द्रको अन्तर कथा नामक पुस्तकको समेत विमोचन गरिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी
Next article पिसाब चुहिने समस्या र त्यसको निदान

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134259
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

139
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

109
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web