• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

October 29th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

हेल्थ टुडे,

ललितपुर, १२ कार्तिक विश्व पक्षघात (स्ट्रोक) दिवसको अवसरमा उपेन्द्र देवकोटा फाउण्डेशनले विभिन्न कार्यक्रम गरेको छ । ललितपुर महानगरपालिका तथा उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्यूट अफ न्युरोलोजिकल एण्ड एलाईड साईन्सेस्को सहकार्यमा स्ट्रोक बारे समुदायमा जनचेतना जगाउने उद्देश्यले स्वास्थ्य परिक्षण र सचेतना र्याली (प्रभातफेरी) गरेको फाउण्डेशनका संस्थापक अध्यक्ष प्रा. डा. मधु दीक्षित देवकोटाले जानकारी दिइन् । नेपालमा मृत्युको तेस्रो कारणको रुपमा रहेको पक्षाघातबारे जनचेतना जगाउँदै यसको जोखिम कम गर्न कार्यक्रम आयोजना गरेको उनले बताइन् । पाटन दरबार स्क्वायर क्षेत्रबाट शुरु भएको प्रभातफेरी लगनखेल बसपार्क हुदै दरबार स्क्वायर सम्म पुगेको थियो । मिस नेपाल वल्र्ड २०२५ लुना लुइटेल, मिस नेपाल कस्मो २०२५ दिपशिखा नेपाल, ललितपुर महानगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधी र स्थनीयको सहभागितामा भएको थियो ।
निःशुल्क स्वास्थ्य शिविरमा परिक्षण गराउनेमध्ये २५ प्रतिशतमा पक्षघातको जोखिम देखिएको छ । शिविरमा जाँच गराउने ५ सय ६० जनामध्ये १ सय ४० जनाम पक्षघातको जोखिम देखिएको अस्पतालको न्युरोलोजी विभागका प्रमुख वरिष्ठ न्युरोलोजिष्ट डा. घनश्याम खरेलले जानकारी दिए । उनका अनुसार, फेरिँदो जीवनशैली, खानपान, धूम्रपान, मद्यपान लगायतका जोखिमयुक्त व्यवहार, अनियन्त्रित मधुमेह र उच्च रक्तचापका कारण पक्षघातको जोखिम बढिरहेको छ । कार्यक्रममा न्युरोलोजिष्ट डा. खरेलले पक्षघात, यसका कारण, जोखिम र बच्ने उपायबारे जानकारी गराएका थिए ।
मिस नेपाल वल्र्ड २०२५ लुना लुइटेलले जेष्ठ नागरिक भएपछि हुने भनिएको पक्षघातको जोखिममा युवाहरु पनि उत्तिकै देखिएको भन्दै समयमा नै नियन्त्रणको प्रयास गर्नुपर्ने बताए ।
कार्यक्रममा स्वास्थ्य परिक्षणका अलावा सचेतना र्याली (प्रभातफेरी) का साथै स्वस्थ आहार, जीवनशैली र पक्षघातका जोखिम र बच्ने उपायबारे परामर्श समेत दिइएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत मिलन गुरुङले जानकारी दिए । उनले ललितपुर महानगरपालिका लगायतका विभिन्न संघसंस्थाले गरेको सहयोगप्रति आभार प्रकट गर्र्दै आगामी दिनमा पनि सहकार्य गर्ने बताए । अक्टोबर २९ गते मनाइदै आएको विश्व स्ट्रोक दिवस यो बर्ष पनि विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको हो । फाउण्डेशनले यसअघि पोखरामा कार्यरत करीब १ सय ५५ जना चिकित्सकलाई स्ट्रोक सम्बन्धी मेडिकल शिक्षा, गोरखाका करीब १ हजार ५ सय लाभान्वित हुने गरी २ दिने निःशुल्क स्वास्थ्य शिविर, चितवनको चनौलीमा करिव १ हजार ६ सय लाभान्वित हुने गरी २ दिने निःशुल्क स्वास्थ्य शिविर, दाङको नेपाल–भारत मैत्री उमा शंकरनाथ मेमोरियल बाल अस्पताल, सर्रामा ७ सय ७१ जना लाभान्वित हुने गरी २ दिने निःशुल्क स्वास्थ्य शिविर र विभिन्न ठाउँमा स्ट्रोकसम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको थियो । हालै नेपाल प्रहरी, केन्द्रिय कार्यालय नक्साल तथा सशस्त्र प्रहरी बल, केन्द्रिय कार्यालय हलचोकमा प्रहरी अधिकृत तथा जवानहरुलाई मस्तिष्कघात सम्बन्धी सचेतना गरेको थियो ।
२०७९ साल फाल्गुन २ गते मंगलवार स्थापित फाउण्डेशनले सन् २०२३ मा करिब २ सय ५० जना न्युरो साइन्टिष्टको सहभागितामा न्युरोकन–१ र सन् २०२५ मा करिब ५ सय जना न्युरो साइन्टिष्टको सहभागितामा न्युरोकन–२ सम्पन्न गरिसकेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध
Next article डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134431
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

39
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web