काठमाडौं, ५ मंसिर । नेपाल मेडिकल काउन्सिलमा रिक्त रहेको सदस्य पदका लागि दुई जना चिकित्सकको नयाँ नियुक्ति गरिएको छ।
स्वास्थ्य मन्त्री डा. सुधा शर्माले बिहीबार मन्त्रीस्तरीय निर्णयमार्फत डा. प्रकाश बुढाथोकी र डा. ईन्द्र कुमार झालाई काउन्सिल सदस्यमा पठाउने निर्णय गरेकी हुन्।
डा. झा अहिले स्वास्थ्य मन्त्रालयका प्रवक्ताका रूपमा पनि कार्यरत छन्। उनलाई डेन्टल क्षेत्रको प्रतिनिधित्व गराउने गरी चयन गरिएको हो। डा. बुढाथोकी भने वीर अस्पतालमा सेवा दिइरहेका छन्, र उनी मेडिकल समूहमार्फत काउन्सिलमा समावेश भएका हुन्। काउन्सिलको अर्को एक सदस्य पदमा सरकारले अझै नियुक्ति गर्न बाँकी रहेको बताइएको छ।







Leave a Reply