हेल्थ टुडे,काठमाडौँ, ६ मंसिर – शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको नव नियुक्त कार्यकारी निर्देशक डा. कल्पनाकुमारी श्रेष्ठले आजबाट जिम्मेवारी सम्हालेकी छन्।
गत २ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले डा. श्रेष्ठलाई चार वर्षका लागि सो केन्द्रको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो। उनी बरिष्ठ नेफ्रोलोजिष्ट हुन्।
‘मन्त्री ज्यूले आज नियुक्ती पत्र दिनु भयो। त्यसपछि आजैबाट मैले पदीय जिम्मेवारी सम्हालेको छु,’ डा. श्रेष्ठले संक्षिप्त कुराकानीमा बताइन्।
यसअघि प्रत्यारोपण केन्द्रको निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ थिए। उनी त्यहाँका संस्थापक निर्देशक समेत हुन्।
नव नियुक्त निर्देशक डा. श्रेष्ठले नेपालको अंग प्रत्यारोपण क्षेत्रमा केन्द्रले छोटो समयमै छुट्टै पहिचान बनाएको भन्दै त्यसलाई अझ बढाएर लैजाने प्रयास गर्ने बताएकी छन्।







Leave a Reply