हेल्थ टुडे,,
भक्तपुर, २८ फागुन : स्वास्थ्य तथा जनसंख्या मन्त्री शुधा शर्माले मिर्गौला प्रत्यारोपणका क्षेत्रमा शदीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको बताएकी छन् । विश्व मिर्गौला दिवसमा केन्द्रले बिहीबार आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले स्थापना भएको चौध वर्षको अवधिमा १६ सय जनाको सफल मिर्गौला प्रत्यारोपण गरेर आफुलाई देशकै अब्बल प्रत्यारोपण केन्द्रका रुपमा स्थापित गर्न सफल भएको दाबी गरेकी हुन ।
आफु स्वास्थ्य मन्त्रालयको सचिव भएको बेला केन्द्र स्थापनाका लागि पहल गरेको स्मरण गर्दै मन्त्री शर्माले पछि आफुले कारणबस पद छोड्नु परेकाले त्यसपछिका सचिवको नेतृत्वमा केन्द्रको स्पापना भएको जानकारी दिइन । केन्द्रलाई जनरल अस्पतालका रुपमा विस्तार गर्नु भन्दा अंगप्रत्यारोपण कै विशिष्ट सेवा प्रदान गर्ने अस्पतालका रुपमा विकास गर्नु पनि आवश्यकता रहेकोमा जोड दिइन ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठले केन्द्रले प्रदान गरिरहेको सेवाका विषयमा जानकारी दिदै अहिलेसम्म केन्द्रले १५८६ जनाको मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको, ३६ जनाको कलेजो प्रत्यारोपण र दैनिक १५० जनाको डायलासिस सेवा उपलब्ध गराइरहेको जानकारी दिइन । देशमै पहिलो पटक ब्रेन डेथ भएका व्यक्तिबाट अंग झिकेर अर्को जिवित व्यक्तिमा प्रत्यारोपण गर्ने पहिले अस्पताल र पहिलो पटक कलेजो प्रत्यारोपण सम्पन्न गरेको इतिहास केन्द्रसंग भएको उनले बताइन ।
कार्यक्रममा मानव अंग प्रत्यारोपण विकास समितिका अध्यक्ष एवं स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केशर ढकालले केन्द्रले प्रदान गरिरहेको सेवा सन्तोषजनक भएको बताउदै सेवा सुविधा अझै विस्तार गर्दै लैजानेमा जोड दिए । सुर्यविनायक अस्पतालका निर्देशक डा. राकेश वर्माले केन्द्रको भौतिक संरचना विस्तारमा सरकारले ध्यान दिन आवश्यक रहेको बताए । विश्व मिर्गौला दिवसकै अवसर पारेर केन्द्रले बिहीबार बिहान जनचेतनामूक पदयात्रा गरेको छ । धिमे बाजा, ब्यानर र प्ले कार्ड
बोकेर सुरु भएको पदयात्रा केन्द्रबाट शुरु भइ नपुखु हुँदै भक्तपुर दरवार स्क्वायर, साकोठा, टौमडी,
पोटरी स्क्वायर, नासमना, बंशगोपाल, तेखापुखु, भार्वाचो, भक्तपुर मिनि बसपार्क हुँदै पुनः शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्दमा आई सम्पन्न भएको थियो । मिर्गौला दिवसकै अवसर पारेर केन्द्रले आफ्ना कर्मचारीहरुको मिर्गौला जाँच सहित स्वास्थ्य परिक्षण गरिएको थियो ।







Leave a Reply