• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

July 17th, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

हेल्थ टुडे,

काठमाडौं, १ साउन : विश्व जनसंख्या दिवस २०२६ को अवसरमा नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र युएनएफपिएले युवाकेन्द्रित जनसांख्यिकीय नीति निर्माणमा जोड दिएका छन् ।
काठमाडौंमा आयोजित कार्यक्रममा १५० भन्दा बढी युवासहित नीति निर्माताबीच नेपालको जनसांख्यिकीय परिवर्तन र विकास नीतिमा युवाको आवाज समेट्ने विषयमा छलफल भएको थियो । सो अवसरमा युएनएफपिएको ’जनसांख्यिकीय भविष्य सर्वेक्षण’ को नेपाल संस्करण पनि सार्वजनिक गरिएको छ ।
सर्वेक्षणले आर्थिक अनिश्चितता, रोजगारी, आवासलगायत चुनौतीका बाबजुद युवाहरूले गुणस्तरीय जीवन, सुखी परिवार र आफ्ना प्रजनन अधिकार सुनिश्चित गर्न चाहेको देखाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाको स्वास्थ्य, शिक्षा तथा सूचना प्रविधि समितिका सभापति डा. ओजस्वी शेरचनले तथ्यमा आधारित नीतिमार्फत युवाका आकांक्षा सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले नेपालले जनसांख्यिकीय लाभांशको अधिकतम उपयोग गर्न निर्माणाधीन रोडम्यापमा युवाको वास्तविक आवाज समेट्नुपर्ने बताउनुभयो । युएनएफपिए नेपालका राष्ट्रिय प्रतिनिधि श्रीराम हरिदासले जनसांख्यिकीय परिवर्तन केवल जनसंख्याको विषय नभई युवाको आशा, आकांक्षा र अवसरसँग जोडिएको भन्दै प्रत्येक युवालाई आफ्नो भविष्य निर्माण गर्ने वातावरण सिर्जना गर्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा अन्तरपुस्ता संवादसमेत आयोजना गरिएको थियो, जहाँ युवाहरूले शिक्षा, रोजगारी, बसाइँसराइ र पारिवारिक जीवनसँग सम्बन्धित चुनौतीबारे आफ्ना धारणा राखेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने
Next article मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

Aug 27th 10:49 AM
समाचार

बाढीले यातायत अवरुद्द भएपछि हुम्ला भन्दा पनि दुर्गम भयो त्रिशुली अस्पताल

Aug 27th 10:14 AM
समाचार

कोटेश्वर क्याम्पसका प्राध्यापक एवं कर्मचारीद्वारा भोटेकोशी बाढी प्रभावितलाई ५१ हजार सहयोग

Aug 26th 12:33 PM
समाचार

उपचारपछि पूर्व बडामहारानी रत्नराज्यलक्ष्मी शाह नर्भिकबाट डिस्चार्ज

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134295
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web