हेल्थ टुडे,
काठमाडौं, ४ साउन : निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियारलाई नियुक्त भएका छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिफारिस समितिले योग्यताक्रमको पहिलो नम्बरमा सिफारिस गरेका परियारलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय भएको जनाएको छ ।
सिफारिस समितिले साउन ३ गते परियारलाई सिफारिस गरेपछि अस्पताल विकास समितिको साउन ४ गतेको निर्णयका आधारमा मन्त्रालयले उनलाई नियुक्त गरेको हो । काठमाडौं । सरकारले निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियारलाई नियुक्त गर्ने निर्णय गरेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सूचना जारी गर्दै सिफारिस समितिले योग्यताक्रमको पहिलो नम्बरमा सिफारिस गरेका परियारलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय भएको जनाएको हो । मन्त्रालयका अनुसार उक्त पदका लागि असार ५ गते प्रकाशित सूचनाअनुसार आवेदन दिएका उम्मेदवारहरूको मूल्याङ्कनपछि सिफारिस समितिले साउन ३ गते सिफारिस गरेको थियो ।
यो अस्पताल समान्य प्रशासन मन्त्रालय मातहत सञ्चालित छ ।







Leave a Reply