हेल्थ टुडे,
काठमाडौं, १२ साउन : नेपाली कांग्रेसले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीका माग तत्काल सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र तोडफोडको घटनाप्रति ध्यानाकर्षण गराउँदै थापाले नागरिकको जीवन रक्षामा खटिने स्वास्थ्यकर्मीमाथि आफ्नै कार्यस्थलमा हुने दुव्र्यवहार र भौतिक आक्रमण कुनै पनि सभ्य समाजमा स्वीकार्य नहुने कांग्रेस सभापति गगन थापाले बताएका हुन् ।
चिकित्सकहरूको आन्दोलनका कारण उपचारको पर्खाइमा रहेका हजारौँ बिरामीले सास्ती भोग्नुपरेको भन्दै उनले यस समस्याको तत्कालीन र दीर्घकालीन समाधान खोज्न ढिलाइ गर्न नहुने बताए । यही साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटना प िचिकित्सक संघले आन्दोलन घोषणा गरेको छ । संघले आज मंगलबार आकस्मिक बाहेकका सबै सेवा वन्द गर्ने घोषणा गरेको छ ।







Leave a Reply