• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 20th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

August 2nd, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

हेल्थ टुडे,
काठमाडौं, १७ : बिहीबारदेखि १५ बुँदे माग राख्दै चार दिनदेखि अनसन बसेकी नर्स ज्योति रानाभाटका माग समाधान गर्न तर्फ सरकारले गम्भिर चासो नदेखाएपछि नर्सहरु असन्तुष्ट छन । नर्स तथा मिडवाइफहरूको न्यूनतम पारिश्रमिक, श्रम शोषण अन्त्यलगायत माग राखेर आमरण अनसन बसेकी रानाभाटको स्वास्थ्य अवस्था बिग्रदा समेत समस्या समाधान गर्न स्वास्थ्य मन्त्री निशा मेहता गम्भिरताका साथ प्रस्तुत नभएपछि मन्त्री महेताको पनि आलोचना भएको छ ।

नर्स पृष्ठभूमिबाट स्वास्थ्य मन्त्री भएकी उनले नर्सका समस्या बुझ्नेछन भन्ने आशा गरेका नर्सहरु अहिले निरास भएर यस्तै अवस्था रहे आफुहरु पनि आन्दोलनमा उत्रिने मानस्थितिमा छन । त्रिवि शिक्षण अस्पतालका कार्यरत एक नर्सले भनिन, अहिलेको स्वास्थ्य मन्त्रीले नर्सका समस्या बुझ्लान भन्ने लागेको थियो । तर चार दिनसम्म आमरण अनसन बस्दा समेत जिम्मेवारपूर्ण ढंगले वार्ता भएको छैन । के गर्न खोजेको ? स्वास्थ्य मन्त्रालयले गठन गरेको वार्ता टोलीसँग भएको छलफल निष्कर्षविहीन बनेको छ । वार्ता टोली कार्ययोजनासहित वार्तामा नआएको भन्दै रानाभाटले असन्तुष्टि जनाएकी छन् । रानाभाटको उपचार वीर अस्पतालमा भइरहेको छ । उनको स्वास्थ्य अवस्था विग्रदै गएप िचिकित्सकहरूले आईसीयूमा राख्न सुझाव दिएपनि उनले अस्वीकार गरेकी छन् । रानाभाटले स्वास्थ्य, शिक्षा, श्रम र अर्थ मन्त्रालयका प्रतिनिधि सहभागी हुने वार्ताको माग गरेकी छन ।
नेपाल नर्सिङ संघले पनि सरकारलाई यसअघि भएका सहमति तत्काल कार्यान्वयन गर्न र अनसनरत रानाभाटको जीवनरक्षाका लागि तत्काल पहल गर्न आग्रह गरेको छ । संघले नर्सहरूको सेवा–सुविधा, तलब–भत्ता र कार्य वातावरण सुधार नगरे गुणस्तरीय स्वास्थ्य सेवा सम्भव नहुने चेतावनी दिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश
Next article इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134356
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web