• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

August 19th, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

हेल्थ टुडे,
काठमाडौं, ३ भदौ : नेपालमा यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार र लैङ्गिक हिंसा प्रतिकार्य सेवा सुदृढ गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) र संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) ले नयाँ संयुक्त कार्यक्रम सुरु गरेका छन्।

नर्वे र स्विट्जरल्यान्डको आर्थिक सहयोगमा सञ्चालन हुने दुई वर्षे ‘एकीकृत यौन तथा प्रजनन स्वास्थ्य र अधिकार एवं लैङ्गिक हिंसा सेवाका लागि प्रणाली सुदृढीकरण’ कार्यक्रमका लागि ६० लाख अमेरिकी डलर प्रतिबद्धता गरिएको छ। कार्यक्रम कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका २० पालिकामा कार्यान्वयन हुनेछ।

कार्यक्रमले सङ्घ, प्रदेश र स्थानीय तहमा गुणस्तरीय यौन तथा प्रजनन स्वास्थ्य सेवा तथा लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिलाई आवश्यक स्वास्थ्य र संरक्षण सेवा उपलब्ध गराउने प्रणालीको क्षमता सुदृढ गर्नेछ। साथै समुदायमा सचेतना बढाई आवश्यक पर्दा कहाँ र कसरी सेवा तथा सहयोग लिन सकिन्छ भन्ने जानकारीसमेत विस्तार गरिने जनाइएको छ।

डब्लूएचओ र युएनएफपिएले सरकारको नेतृत्वमा स्वास्थ्य प्रणालीको क्षमता अभिवृद्धि, सेवा प्रवाहका मापदण्ड सुधार तथा लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिका लागि एकीकृत सेवाको विकासमा सहयोग गर्नेछन्। कार्यक्रमले नीति र कानुनी व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्दै सेवा पहुँचमा रहेको दूरी घटाउने लक्ष्य लिएको छ।

नेपालमा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि विगत एक दशकभन्दा लामो समयदेखि हुँदै आएको सहकार्यको अनुभवमा आधारित यो कार्यक्रमले स्थानीय तहका नीति तथा प्रणालीलाई थप संस्थागत गर्ने, आन्तरिक लगानी बढाउने र दीर्घकालीन रूपमा दिगो तथा राष्ट्रिय स्वामित्वका सेवा प्रणाली विकास गर्न सहयोग गर्नेछ।

ग्ल्ँएब्ले प्रजनन स्वास्थ्य तथा अधिकार र लैङ्गिक हिंसा प्रतिकार्यमा आफ्नो विज्ञता तथा ध्ज्इले स्वास्थ्य प्रणाली र गुणस्तर मापदण्डसम्बन्धी प्राविधिक क्षमता प्रयोग गर्दै सरकारसँग सहकार्य गर्ने जनाएका छन्। कार्यक्रमको मुख्य उद्देश्य हरेक महिला, बालिका, किशोरकिशोरी तथा सीमान्तकृत समुदायले आवश्यक स्वास्थ्य सेवा र सहयोग सहज रूपमा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नु रहेको छ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त
Next article नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134411
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web