• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

August 27th, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

हेल्थ टुडे,
काठमाडौं, ११ भदौ : औषधि उत्पादन गर्दै आएको डिभाइन हेल्थकेयर लिमिटेडले सर्वसाधारणका लागि २० लाख ७० हजार कित्ता शेयर आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा डिभाइन हेल्थकेयरका अध्यक्ष युवराज श्रेष्ठ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र विक्रम ध्वज जोशीले हस्ताक्षर गरेका छन्। कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत अर्थात् २० लाख ७० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। आईपीओ निष्कासनसँगै डिभाइन हेल्थकेयरको पूँजी संरचना थप विस्तार हुने कम्पनीले जनाएको छ।

वि.सं. २०७४ असोज १४ गते स्थापना भएको डिभाइन हेल्थकेयर चितवनको भरतपुर महानगरपालिका–१६, विजयनगरमा अवस्थित औषधि उत्पादक कम्पनी हो। कम्पनीले औषधि व्यवस्था विभाग तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आवश्यक दर्ता तथा स्वीकृति लिएर मानव स्वास्थ्यमा प्रयोग हुने विभिन्न औषधि उत्पादन तथा बजारीकरण गर्दै आएको छ।

कम्पनीका अनुसार हाल ६७ प्रकारका औषधि उत्पादन गरी नेपाली बजारमा बिक्री–वितरण भइरहेको छ। करिब एक बिघा क्षेत्रफलमा फैलिएको डिभाइन हेल्थकेयर पछिल्ला तीन आर्थिक वर्षदेखि नाफामा सञ्चालन हुँदै आएको कम्पनीको दाबी छ। कम्पनीका अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थाबाट ऋण नलिई मुख्य रूपमा स्वपुँजीबाटै व्यवसाय सञ्चालन हुँदै आएको छ।

कम्पनीको औषधि बिक्री–वितरणका लागि देशभर १२५ भन्दा बढी वितरकको सञ्जाल रहेको छ। यसले नेपाली बजारमा कम्पनीको पहुँच विस्तार भएको देखाउँछ।आईपीओबाट प्राप्त हुने रकमलाई कम्पनीले नयाँ प्रविधि विस्तार, नयाँ औषधिको विकास, विद्यमान औषधिको गुणस्तर सुधार तथा उत्पादन प्रक्रियालाई थप प्रभावकारी र सुरक्षित बनाउन प्रयोग गर्ने योजना बनाएको छ। साथै, अनुसन्धान तथा विकास  समेत प्राथमिकतामा राखेर औषधि उत्पादन क्षमता विस्तार गर्ने कम्पनीको लक्ष्य छ। सर्वसाधारणका लागि आईपीओ निष्कासन प्रक्रिया अघि बढेसँगै डिभाइन हेल्थकेयर नेपालको पूँजी बजारमा प्रवेश गर्ने औषधि उत्पादक कम्पनीका रूपमा अगाडि आउने भएको छ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग
Next article बाढीले यातायत अवरुद्द भएपछि हुम्ला भन्दा पनि दुर्गम भयो त्रिशुली अस्पताल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134445
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

39
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web