• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

October 7th, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

हेल्थ टुडे,

काठमाडौं, २१ असोज :  नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाल चिकित्सक संघका तीन जना पूर्वअध्यक्षले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। चिकित्सक संघको नेतृत्व गरिसकेका डा. केदार नरसिंह केसी, डा. अञ्जनी कुमार झा र डा. मुक्ति राम श्रेष्ठले कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्न उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारीअनुसार डा. केसीले पेसागत समूहबाट, डा. झाले मधेश प्रदेशबाट र डा. श्रेष्ठले खुला समूहबाट केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्नेछन्।

चिकित्सा क्षेत्रको नेतृत्व र अनुभव हासिल गरिसकेका तीनै जना पूर्वअध्यक्षको उम्मेदवारीलाई स्वास्थ्य क्षेत्रको प्रतिनिधित्वका दृष्टिले पनि चासोका साथ हेरिएको छ। पार्टीको केन्द्रीय नेतृत्वमा उनीहरूको सहभागिताले चिकित्सकका पेसागत मुद्दा, स्वास्थ्य सेवाको सुधार र स्वास्थ्य नीतिसम्बन्धी विषयलाई थप प्राथमिकता दिलाउन सक्ने अपेक्षा गरिएको छ।  निर्वाचन समितिका अनुसार असोज २२ गते बिहीबार नयाँ कार्यसमिति चयनका लागि मतदान गर्ने कार्यक्रम रहेको छ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा
Next article काँक्रोमा भेटियो अत्यधिक विषादी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 20th 8:56 AM
समाचार

प्रथम राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन सम्मेलन सुरु

Nov 16th 5:56 PM
समाचार

नेपालसँग स्वास्थ्य सहकार्य विस्तार गर्न चीन तयार

Nov 16th 8:26 AM
बिशेषज्ञ लेख

मधुमेहबाट बच्न यी पाँच कुरामा ध्यान दिउ

Nov 2nd 4:57 PM
समाचार

नेपालमा वर्षेनी ७ हजारभन्दा बढीको आत्महत्याबाट मृत्यु, रोकथाममा जिम्मेवार पत्रकारितामा जोड

Oct 28th 7:27 AM
समाचार

हावाहुरी र वर्षाको पूर्वानुमानसँगै १२ देखि १४ गतेसम्म स्वास्थ्य क्षेत्र उच्च सतर्कतामा

Oct 26th 10:50 AM
बिशेषज्ञ लेख

मधुमेहको समस्या छ भने सानो थालमा खानुस्

Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134831
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

39
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web