हेल्थ टुडे
काठमाडौं, १ मंसिर : सुष्मा कोइराला मेमोरियल हस्पिटल साँखुले शुक्रबार २० औं बार्षिकोत्सब मनाएको छ । हस्पिटलले आगोले पोलिएका र दुर्घटनामा परि अंगभंग भएका विपन्न जनतालाई प्लास्टिक सर्जरी र रिकन्सट्रक्सन सर्जरी मार्फत सर्वसुलभ उपचार उपलब्ध गराईरहेको छ । बार्षिकोत्सव कार्यक्रममा सुष्मा कोइराला मेमोरियल ट्रष्टकी अध्यक्ष एवं नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले अस्पतालले पुर्याइरहेको सेवा अझै गुणस्तरीय बनाउन सबैको सहयोग आवश्यक रहेको बताइन् । उनले अस्पताललाई अहिलेको अवस्थामा ल्याईपुर्याउन सहयोग गर्नु हुने इन्टरप्लाष्ट जर्मनी लगायत अस्पताल परिवारलाई धन्यवाद दिइन ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. जसवन शाक्यले अस्पताल स्थापनाको उद्देश्य अनुसार सेवा प्रदान गरिरहेको बताए । अस्पतालले पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको डोटीसम्मका विरामीलाई प्लास्टिक तथा रिकन्सट्रक्सन सर्जरी सेवा उपलब्ध गराउन सफल भएको बताउदै डा.शाक्यले जिवनबाट निरास भएका विरामीको अनुहारमा खुशी ल्याएर आशा फर्काउन सक्नु हस्पिटलको उपलब्धि भएको दाबी गरे । कार्यक्रममा ट्रष्टका कार्यकारी निर्देशक हरिप्रसाद ढुंगाना, महिला, बालबालिका तथा समाजकल्याण मन्त्री बिक्रम थापा, नेपाली कांग्रेसका नेता दीपक कुइकेल, शंकरापूर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ लगायतले अस्पतालले पुर्याइरहेको सेवाको प्रसंसा गर्दै यसको निरन्तरता आवश्यक रहेको बताए । स्वर्गिय गिरिजाप्रसाद कोइरालाकी धर्मपत्नी सुष्मा कोइरालाको स्मृतिमा सन् १९९७ मा यो अस्पताल स्थापना भएको हो । सन् १९९० मा स्थापना भएको सुष्मा कोइराला मेमोरियल ट्रष्टद्वारा सञ्चालित यो अस्पताललाई जर्मनीको इन्टरप्लाष्ट नामक संस्थाले सहयोग गर्दै आइरहेको छ । यो अस्पतालमा १२ वटा चेरिटी बेड सहित ४६ शैया क्षमता छ ।
अस्पतालले अहिलेसम्म २ लाख १० हजार भन्दा बढी विरामीलाई उपचार सेवा प्रदान गरिरहेको मेडिकल डाइरेक्टर डा. शाक्यले जानकारी दिए । अस्पताललाई जर्मनीको इन्टरप्लास्टले सहयोग गरिरहेको छ । यो अस्पतालमा १२ वटा चेरिटी बेड सहित ४६ शैया क्षमता छ । अस्पतालले अहिलेसम्म २ लाख १० हजार भन्दा बढी विरामीलाई उपचार सेवा प्रदान गरिरहेको मेडिकल डाइरेक्टर डा. शाक्यले जानकारी दिए ।
Leave a Reply