• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home

पार्टटाइम यौनकर्मी ७९ प्रतिसत

November 17th, 2017 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पार्टटाइम यौनकर्मी ७९ प्रतिसत

जमुना सिटौला

नेपालको संवैधानिक कानुनले कुनै पनि महिलामाथि हुने शारीरिक, मानसिक तथा अन्य जुनसुकै प्रकारका हिंसा दण्डनीय हुन्छ भनेर महिलाहरूको अधिकारलाई सुनिश्चित गरेको छ । यद्यपि, प्रजनन अधिकारको कुरा गर्दा जुनसकै पेसामा संलग्नलगायत सबै महिलाले यसको निर्वाधरूपमा उपभोग गर्न पाएका छन् कि छैनन्, यदि छैनन् भने ती महिलावर्गको पहिचान गरी पैरवीका प्रयासहरू गरिनुपर्दछ । नेपालको सन्दर्भमा यौनकर्मी महिला र उनीहरूको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार कहिल्यै पनि कसैको चासोको विषय बन्न सकेन ।  अव्यवस्थित र छरपस्ट ढंगले समाजमा दु्रतगतिमा पैmलिररहेको यो यौन व्यवसायसँगै यसको असर समाजका अन्य वर्गमा पनि पर्न जाने र त्यसबाट नसोचिएका समस्याहरू थपिँदै जाने जोखिम दिन प्रतिदिन बढिरहेको छ । नेपालमा यौनकर्मीहरूको संख्या कति छ भन्ने भरपर्दो र आधिकारिक तथ्यांक छैन । तर विभिन्न सरोकारी संस्थाहरूले गरेका अध्ययनका आधारमा नेपालमा यौनकर्मीहरूको संख्या २५ देखि ३० हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ । नेपालमा यौन व्यवसायलाई हेयको दृष्टिले हेर्ने र यसमा संलग्नलाई विभिन्न तवरले लाञ्छित गर्ने र बहिष्करणमा समेत पार्ने कारणले यस्तो कर्म कानुन र समाजलाई छलेर गरिने हुँदा यौनकर्मीहरूको संख्या योभन्दा निकै बढी हुन सक्ने अनुमान गरिएको छ ।

नेपाल पनि बढ्दो सहरीकरणको असरबाट अछूतो छैन, धमाधम नयाँ–नयाँ सहरहरू सिर्जना हुने र थुप्रै पुराना गाउँहरू नवनगरमा परिणत हुने क्रमसँगसँगै यौनकर्मीहरू पनि  विभिन्न नगरहरूमा अव्यवस्थित तवरले छरिने क्रम तीव्र गतिमा बढिरहेको छ । अध्ययनअनुसार काठमाडौंमा ८० प्रतिशत र पोखरामा ५० प्रतिशत यौनकर्मी बाहिरी तथा वरिपरिका जिल्लाबाट आएकाहरू छन् । यौनकर्मीहरूमा एच.आई.भी. संक्रमणको सम्भावना अन्य मानिसका तुलनामा १२ गुणा बढी हुने तथ्यहरूले देखाएका छन् । अधिकांश विवाहित र अशिक्षित छन् र ज्यादै थोरैलाई मात्र यौन संक्रमण÷एच.आई.भी. संक्रमणबारे ज्ञान भएको अध्ययनले जनाएको छ । यसरी यौनकर्मीहरूको अनियन्त्रित बसाइँसराइसँगसँगै उनीहरूको असुरक्षित व्यवहारले एच.आई.भी.लगायत विभिन्न यौनजन्य संक्रमणहरूको  जोखिम अत्यधिक रहेको देखिन्छ ।

गरिबी, बेरोजगारी, एकलजीवन, सम्बन्धविच्छेद, बसाइँसराइ तथा जीवननिर्वाहका वैकल्पिक उपायहरू नहुनु जस्ता सामाजिक संरचनागत समस्या नै महिलालाई यौन पेसामा धकेल्ने प्रमुख कारण हुन् । यद्यपि ७९ प्रतिशत यौनकर्मीहरूले अन्य रोजगारी पनि गरिरहेको तर पनि यौन पेसा नछोडेको देखिन्छ । यसको कारण ती वैकल्पिक रोजगारीले मात्र उनीहरूको गुजारा चल्न नसकेको अनुमान गर्न सकिन्छ । तसर्थ, समाजमा यौनकर्मीहरूको संख्या घट्नुको सट्टा दिनप्रतिदिन बढिरहेको छ र पर्याप्तरूपमा रोजगारीमा भरपर्दा विकल्पहरू सिर्जना नभएसम्म आउँदा दिनहरूमा झन् बढिरहने देखिन्छ ।

नेपालमा यौन व्यवसाय कानुनी र सामाजिक दुवै रूपमा दण्डनीय छ । परिवार नियोजनका अस्थायी साधनहरू साथमा लिएर हिँडेकै आधारमा त्यसलाई अनैतिक मान्दै प्रहरी प्रशासनबाट नै यौनकर्मीहरूमाथि भेदभाव, बहिष्कार, घृणा र अपमानित गर्ने कार्य भइरहेको अध्ययन अनुसन्धानले देखाएको छ । तर यौन व्यवसायीलाई दण्डित र बहिष्कृत गरेर यो व्यवसायलाई नियन्त्रण गर्ने आजसम्मका हाम्रा कानुनी, प्रशासनिक र सामाजिक प्रयासहरू असफल भएको देखिन्छ । अर्कोतर्फ नेपाल सरकारले सबै व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकारलगायत लैंगिक समानताको सम्मान र संरक्षण गर्ने प्रतिबद्धता जनाएको छ । नेपालको सर्वोच्च अदालतले समेत महिला यौनकर्मीहरूको मानवअधिकारलाई सुनिश्चित गरेको छ, तर अधिकांश महिला यौनकर्मी र सरोकारवालाहरू यसबारे जानकार छैनन्् ।

अतः यो विद्यमान सामाजिक यथार्थलाई मनन् गर्दै परम्परागत दृष्टिकोण राखेर वा कानुनको डन्डा चलाएरमात्र यसलाई रोक्न सकिन्छ भन्ने मान्यताबाट अलिकति हटेर यस व्यवसायलाई राज्यस्तरबाटै व्यवस्थित गर्न अब ढिलो भइसकेको छ । यौनकर्मी महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको संरक्षण गर्न राज्यका तर्फबाट अब यसको नीतिगत व्यवस्थापन गर्नु आजको प्राथमिक आवश्यकता भएको छ । अतः फैलिँदै गएको यौन संक्रमण तथा एच.आई.भी.रएड्सको व्यवस्थापनका लागि र हरेक व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सुनिश्चितता व्यवहारमै हुने गरी राज्यबाटै यौन व्यवसायलाई व्यवस्थापन गर्न नीतिगत निर्णय यथाशक्य चाँडो गरेर हरेक पेसामा संलग्न व्यक्ति र वर्गको स्वास्थ्य र अधिकारको सम्बोधन गरिनु पर्दछ ।

जमुना सिटौला परिवार नियोजनसंघकी वरिष्ठ एडभोकेसी अफिसर हुन । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुष्मा कोइराला मेमोरियलले मनायो २०औं बार्षिकोत्सव
Next article स्वास्थ्य विमा गराउनेमा महिला बढी

Health Today Nepal

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134420
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web