• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

खुट्टा फुट्ने समस्या छ भने यसो गर्नुस्

November 23rd, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
खुट्टा फुट्ने समस्या छ भने यसो गर्नुस्

हेल्थ टुडे,
काठमाण्डौ,७ मंसिर : धेरै मानिसहरू खुट्टा (खासगरी पैताला र कुर्कुच्चा) फुट्ने समस्याबाट पीडित छन् । माटोमा काम गर्ने, बिना जुत्ताचप्पल हिँड्ने वा लगाए पनि खुट्टाको नियमित सरसफाइको कमीका कारण यस्तो हुन्छ । तर कसैकसैलाई सहरबजारमा बिनाकाम बसे पनि वा खुट्टामा हेरचाह गरे पनि खुट्टा फुट्ने समस्या भइराखेको हुन्छ । यो समस्या महिला पुरुष दुवैलाई हुन्छ । प्रायः बढी उमेरका व्यक्तिहरूमा यो धेरै भएको पाइन्छ । यस्ता समस्याको लागि तलका नियमहरूलाई पालना गर्नुहोस् ।

१. प्रत्येक दिन बिहान बाल्टी वा बाटामा तातो पानी राखेर घुँडाभन्दा तल खुट्टा डुबाउनुस् । पानी थप्दै १५–२० मिनेटसम्म सहनसक्ने तातोपानीमा बस्नुहोस् । यसरी तातोपानीमा खुट्टा डुबाएपछि खस्रो खालको सफा ढुंगाले पैताला र कुर्कुच्चा फुटेको भागमा रगड्नुस् । (आजकल मेनिक्योर–पेडिक्योर सेट पनि किन्न पाइन्छ वा खुट्टा घोट्ने खस्रो ढुंगा पनि किन्न पाइन्छ । तर यस्ता खस्रो वस्तुले रगड्दा बिस्तारै गर्नुपर्छ ताकि घाउचोट नलागोस् वा सुन्निने दुख्ने नहोस् । खुट्टा घोट्नेलाई दुई दिन बिराएर गर्नुहोस् ।
२. प्रत्येक दिन सुत्नुभन्दा अघि गर्मीमा चिसोपानीमा र जाडोमा भए तातोपानीमा करिब पाँच मिनेट जति खुट्टा डुबाउनुस् र माड्नुस वा साबुनले खुट्टा धुने बानी बसाल्नुस् ।
३. खुट्टा धोएर पुछेपछि पैतालाको भागमा पेट्रोलियम जेली म्यासेलिन वा ग्लिसिरिन लगाउनुस र मल्ने गर्नुस् । करिब १०–१५ मिनेट जति पैंताला र कुर्कुच्चा तथा गोलीगाँठो माथिसम्म रगड्ने, थिच्ने र मालिस गर्ने गर्नुस् । ग्लिसिरिन वा भ्यासिलिनको सट्टामा गाईको घिउ वा जैतुनको तेल पनि प्रयोग गर्न सकिन्छ । मालिस गरेपछि गर्मी छैन भने रातभर मोजा लगाएर सुत्नुस् ।
४. हप्तामा एकदुई पटक जति खुट्टाको लागि वाफ लिने पनि गर्नुस् अर्थात् १०–१५ मिनेट जति वाफ आउने ठाउँमा खुट्टा राखी छोपेर नपोल्ने गरी बाफ लिने गर्नुस् ।
५. कहिलेकाहीँ घिउकुमारीको रस वा तुलसीको पात निचोरेर पैतालामा दल्नुस् र करिब एक घन्टापछि पखाल्नुस् ।
६. कसैलाई गोडाको माथिसम्म पनि (प्रायः जाडोमा) फुट्ने हुन्छ जसका लागि ती भागमा पनि तेल वा गाईंभैंसीको घिउ घस्ने गरेमा फाइदा हुन्छ ।
७. पैंतालामा बेसार र तोरीको तेल मिसाई तताएर सेलाएपछि लगाएमा पनि फुट्ने समस्यामा लाभ पाउन सकिन्छ ।
८. खुट्टाको भागमा रक्तसञ्चार बढाउन गोडाको सूक्ष्म व्यायामहरू, आसनहरू आदि र भोजनमा प्रशस्त मात्रामा फल तरकारी र सलादहरू प्रयोग गर्नुपर्छ । यसरी नै दैनिक तीनचार लिटरसम्म पानी पिउनुपर्छ । नियमित तीन–चार महिनासम्म यसरी ध्यान दिएमा पुरानो कुर्कुंच्चा पैताला फुट्ने समस्या पनि पूरा राम्रो हुन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बच्चालाई जन्डिस भए के गर्ने ?
Next article बौलाहा कुकुरले टोकेको वर्षौंपछि पनि रेबिजको खतरा

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132702
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web