• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बंगालादेशमा एमबिबिएस पढ्न रोक

November 24th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बंगालादेशमा एमबिबिएस पढ्न रोक

हेल्थ टुडे

काठमाडौं, ८ मंसिर  : बंगालादेशका विभिन्न अवैधानिक मेडिकल कलेजहरुमा करिव २ सय जना नेपाली विद्यार्थी पढिरहेको जानकारी बंगलादेशस्थित नेपाली राजदुतावासले नेपाल मेडिकल काउन्सिललाई गराएपछि  काउन्सिलले तत्काल बंगालादेशमा मेडिकल पढ्न रोक लगाएको जनाएको छ । कानून बिपरित स्थापना भएर पैसा कमाउने उद्देश्यका साथ स्थापना भएका ती मेडिकल कलेजहरुलाई काउन्सिलले कालो सुचीमा राखेको छ ।

तिन वर्ष पहिले पनि यसरी नै गैरकानूनी मेडिकल कलेज फेला परेपछि नेपाल मेडिकल काउन्सिलले त्यहाँका १२ वटा मेडिकल कलेजहरुलाई कालोसूचिमा राखेको थियो । ठूलो संख्यामा नेपाली विद्यार्थी एमविविएस र एमडी अध्ययनका लागि बंगालादेश जाने गरेका छन् । काउन्सिलका रजिस्टार डा. दीलिप शर्माले भने, ‘दूतावास मार्फत करिव २ सय विद्यार्थी अवैध मेडिकल कलेजमा पढिरहेको जानकारी पाएपछि बंगालादेश पठाउन रोक लगाएका छौ । ’ नेपालका मेडिकल कलेजहरुमा पढ्न मेरिटमा नाम निकाल्न नसक्नेहरु विभिन्न कन्सल्टेन्सी मार्फत एमविविएस पढ्न बंगालादेश जाने गरेका छन् । बंगालादेशका मेडिकल कलेजहरुमा मेडिकल पढ्न यहाँ लिइने प्रवेश परीक्षामा कम्तिमा पनि ५० नम्बर ल्याउनु पर्ने प्रावधान छ ।

बंगलादेशस्थित नेपाली दूतावासले त्यस्ता विद्यार्थीहरुलाई उद्धारको पहल पनि गरिरहेको प्रवक्ता शर्माले जानकारी दिए । ‘पठाउने एजेन्टहरुले बदमासी गरे । राम्रोसँग नबुझिकन जाँदा धोका भयो,’ काउन्सीलका प्रवक्ता शर्माले भने, ‘ राजदुतावासले उनीहरुको उचित प्रवन्ध मिलाउने कोशिष गरिरहेको छ ।’ बंगलादेशमा नेपालीले पढिरहेका कुनै कलेजहरुले सरकारी मापदण्ड पूरा नगरेको, विश्वविद्यालयबाट सम्वन्धन नलिएको र कुनै दर्ता नै नभएको पाइएको छ । ‘मेडिकल पढाउने कलेजहरु कुनै न कुनै विश्वविद्यालयमा दर्ता त हुनुपर्ने तर त्यसो नभएको पाइयो’ शर्माले भने, ‘समस्या आयो भने अर्को विश्वविद्यालयमा ट्रान्सफर गर्ने दायीत्व हुन्छ तर कलेजहरुले त्यस्तो पनि नगरेको पाइएको छ ।’ बंगलादेशमा एमबीबीएस पढ्न करिब करिव ४० लाख देखि ५० लाख रुपैयाँसम्म खर्च लाग्छ । यो रकम किस्ताबन्दीमा तिर्न मिल्ने र भिसा पनि सजिलै पाइने भएकाले धेरै नेपाली विद्यार्थीहरु बंगलादेशमा पढ्न जाने गरेका छन् ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्यको १२ औं तहमा डा. प्याकुरेल र डा. पौडेल
Next article के खाने, कहिले खाने र कसरी खाने ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134419
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web