हेल्थ टुडे,
धेरै मानिसहरु यात्रामा निस्किने बेला सोचमग्न भएर निस्कन्छन । गाडीमा यात्रा गर्न नपाई बान्ता हुने हो की भनेर डरले के गरौ के गरौ भईरहेको हुन्छ । यात्रा गर्दा धेरै मानिसहरु बान्ता गरिरहेका हुन्छन् विशेषगरी पहाडी राजमार्ग धेरै घुम्तीहरु भएको अप्ठेरो बाटोमा वान्ता आउने सम्भावना बढी हुन्छ । यात्रामा बान्ता हुदा यात्रा नरमाईलो हुने,फोहोर हुने भ्रमणमा निस्केको मानिसलाई त घुमेको रमाईलो भन्दा पनि बान्ताको चिन्ताले बढी सताएको हुन्छ । त्यसकारण यत्रालाई सहज बनाउन र रमाईरहन निम्न कुरा गर्दा ठिक होला ।
बान्ता हुनुका कारण
- यात्रामा निस्कँदा पेट खाली नराख्नुस
- पेट टन्न हुने गरी भारी चिज पनि नखानुस
- अमिलो–पिरो खानेकुराबाट पनि टाढा रहनुस
- छिटो नपच्ने कुरा नखानु
- गाडीमा यात्रा गरिरहँदा किताब पढ्ने वा मोबाइल चलाउने नगर्नुस
- गाडीको झ्यालको शीशा ड्यामडुम बन्द नगर्नु ।
बान्ता हुनबाट बच्ने उपाय
- यदि कारमा यात्रा गरिरहेको छ भने सम्भव भएसम्म अगाडिको सिटमा बस्नुस
- आफ्नो रुमालमा पुदिनाको तेलको केही थोपा छर्किनुस र यात्रा गर्दा बारम्बार सुँघिरहनुस् । यसको अलावा पुदिनायुक्त चिया पनि पिउन सक्नुहुन्छ ।
- गाडी चढ्दा मुखमा अदुवाको सानो टुक्रा वा चकलेट राख्नुस । यसबाट वान्ता आउने जोखिम कम हुन्छ । यसका अलावा यात्रा गर्नुपूर्व अदुवा राखिएको चिया पिउनाले पनि फाइदा मिल्छ ।
- गाडीभित्र हावा पस्न दिनुस ।
Leave a Reply